बैतडीमा विषालु सर्पले डस्दा एक महिलाको मृत्यु  « Khabarhub

बैतडीमा विषालु सर्पले डस्दा एक महिलाको मृत्यु 


१३ भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

बैतडी– विषालु सर्पले डस्दा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकोबताइएको छ । 

मंगलबार राति भान्सामा खाना बनाइरहेकी घटाललाई सर्पले टोकेको र आज बिहान १ बजेतिर मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर घाइते भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो । 

‘सर्पले टोके लगत्तै अस्पताल लैजानुको साटो वैद्यलाई बोलाएर झारफुक गर्नको पछि लाग्नुभएछ’, स्वास्थ्यचौकी इन्चार्ज सार्कीले  भने, ‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन्थ्यो होला ।’  

प्रहरीको टोली अहिले घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुने भए पनि अस्पताल नल्याउँदा सर्पले टोकेकाहरू अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । 

पञ्चेश्वरमा मात्रै सर्पको टोकाइबाट यस वर्ष तीन जनाको ज्यान गइसकेको छ । यसअघि  साउन अन्तिम साता पञ्चेश्वर–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको  र  गत वैशाख तेस्रो हप्ता पञ्चेश्वर–२ डाँगा टोलकी २५ वर्षीया निर्मला लुहारको सर्पले टोक्दा मृत्यु भएको थियो । 

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ३ : ३८ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको