ग्याबोनमा सैन्य विद्रोह, सबै गणतन्त्रिक संस्था भङ्ग « Khabarhub

ग्याबोनमा सैन्य विद्रोह, सबै गणतन्त्रिक संस्था भङ्ग


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लिब्रभिल- मध्यअफ्रिकी मुलुक ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता हत्याएको घोषणा गरेका छन् ।

सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि उनीहरूले गरेका छन् । आम निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गो विजयी घोषित भएका छन् ।

विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोन्गोले दुई तिहाइ मतले जितेको निर्वाचन आयोगले बताएको छ । बोङ्गो अपदस्थ भएसँगै ग्याबोनमा उनको परिवारको ५३ वर्षको सत्ताको अन्त्य हुनेछ । अफ्रिकाको प्रमुख तेल उत्पादकमध्येको एक ग्याबोनको ९० प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोनमा ५५ वर्षभन्दा बढी समयदेखि एउटै परिवारले शासन गर्दै आएको छ । शनिबारको निर्वाचनमा तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका ६४ वर्षीय बोङ्गोका पिताले झण्डै ४२ वर्ष सत्ता सम्हालेका थिए । सन् २००९ मा आफ्ना बुबा ओमरको निधन भएपछि उनले कार्यभार सम्हालेका थिए ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ४९ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल