ग्याबोनमा सैन्य विद्रोह, सबै गणतन्त्रिक संस्था भङ्ग « Khabarhub

ग्याबोनमा सैन्य विद्रोह, सबै गणतन्त्रिक संस्था भङ्ग


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लिब्रभिल- मध्यअफ्रिकी मुलुक ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता हत्याएको घोषणा गरेका छन् ।

सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि उनीहरूले गरेका छन् । आम निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गो विजयी घोषित भएका छन् ।

विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोन्गोले दुई तिहाइ मतले जितेको निर्वाचन आयोगले बताएको छ । बोङ्गो अपदस्थ भएसँगै ग्याबोनमा उनको परिवारको ५३ वर्षको सत्ताको अन्त्य हुनेछ । अफ्रिकाको प्रमुख तेल उत्पादकमध्येको एक ग्याबोनको ९० प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोनमा ५५ वर्षभन्दा बढी समयदेखि एउटै परिवारले शासन गर्दै आएको छ । शनिबारको निर्वाचनमा तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका ६४ वर्षीय बोङ्गोका पिताले झण्डै ४२ वर्ष सत्ता सम्हालेका थिए । सन् २००९ मा आफ्ना बुबा ओमरको निधन भएपछि उनले कार्यभार सम्हालेका थिए ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ४९ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड