राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए « Khabarhub

राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

किन्शाशा- प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोधप्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई भर्ना गरिएको तथा तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आक्रोशित भीडले एक जना प्रहरीलाई पनि मारेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सुव्यवस्था कायम गर्न सन् १९९९ देखि तैनाथ शान्ति सेना खनिजको भण्डार पूर्वी कङ्गोमा तैनाथ गरिएको छ । अतिवादीलाई ठेगान लगाउन नसकेकामा शान्ति सैन्य यहाँ निकै आलोचित छ । राष्ट्रसङ्घीय यो शान्ति मिशन सबैभन्दा ठूलो र महँगो हो । यसको वार्षिक बजेट चार अर्ब अमेरिकी डलर छ । शान्ति मिशनमा १६ हजार सैनिक छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : ३८ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब