विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज भदौ १३ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट ३०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पूर्वी चीनमा आगलागीमा परी छ जनाको मृत्यु

पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ताइझोउ शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बिहान ३ बजेर ४० मिनेटको समयमा आगलागी भएको जिल्ला सरकारले जनाएको छ ।

प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए । यद्यपि त्यसबेला प्रहरी पुग्दा आगलागी भएको घरमा छ जना फसेका थिए । प्रहरीले तीन जनालाई घाइते अवस्थामा र तीन जनाको शव घरबाट निकालेका थिए ।

घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । आगलागी कसरी शुरू भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी

बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय ९डीजीएचएस० ले बुधबार जनाएको छ ।

यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय ९डीजीएचएस० ले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मङ्गलबार दुई हजार २७२ जना थप बिरामी निको भएर घर फर्किएका सहित कूल निको हुनेको सङ्ख्या एक लाख १० हजार ३४६ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

राष्ट्रसङ्घविरुद्धको प्रदर्शनमा दश जना मारिए
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी शहर गोमामा एक धार्मिक समूहले आयोजना गरेको संयुक्त राष्ट्रसङ्घविरुद्धको नियोजित विरोधप्रदर्शन सैनिकहरूले रोक्ने प्रयास गरेपछि भएको झडपमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

प्रदर्शन आयोजना गर्ने समूहका सदस्य मोलेका मारेगानेले कङ्गोली सैनिकहरूले रेडियो स्टेशन र पूजास्थलमा छ जनाको हत्या गरेको बताएका छन् । अस्पतालका अधिकारीहरूले पनि ३३ जना घाइतेलाई भर्ना गरिएको तथा तीमध्ये तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आक्रोशित भीडले एक जना प्रहरीलाई पनि मारेको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सुव्यवस्था कायम गर्न सन् १९९९ देखि तैनाथ शान्ति सेना खनिजको भण्डार पूर्वी कङ्गोमा तैनाथ गरिएको छ । अतिवादीलाई ठेगान लगाउन नसकेकामा शान्ति सैन्य यहाँ निकै आलोचित छ । राष्ट्रसङ्घीय यो शान्ति मिशन सबैभन्दा ठूलो र महँगो हो । यसको वार्षिक बजेट चार अर्ब अमेरिकी डलर छ । शान्ति मिशनमा १६ हजार सैनिक छन् ।

ग्याबोनमा सैन्य विद्रोह, सबै गणतन्त्रिक संस्था भङ्ग

मध्यअफ्रिकी मुलुक ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ । गणतन्त्रका सबै संस्था भङ्ग भएका घोषणा गर्दै १२ जना सैन्य अधिकारीले सत्ता हत्याएको घोषणा गरेका छन् ।

सेनाका अधिकारीहरूले राष्ट्रिय टेलिभिजनबाट सत्ता हातमा लिएको घोषणा गर्दै गत शनिबार भएको निर्वाचनको नतिजा रद्द गर्ने बताएका छन् । अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा पनि उनीहरूले गरेका छन् । आम निर्वाचनमा वर्तमान राष्ट्रपति अली बोङ्गो विजयी घोषित भएका छन् ।

विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोन्गोले दुई तिहाइ मतले जितेको निर्वाचन आयोगले बताएको छ । बोङ्गो अपदस्थ भएसँगै ग्याबोनमा उनको परिवारको ५३ वर्षको सत्ताको अन्त्य हुनेछ । अफ्रिकाको प्रमुख तेल उत्पादकमध्येको एक ग्याबोनको ९० प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोनमा ५५ वर्षभन्दा बढी समयदेखि एउटै परिवारले शासन गर्दै आएको छ । शनिबारको निर्वाचनमा तेस्रो कार्यकालका लागि उम्मेदवार बनेका ६४ वर्षीय बोङ्गोका पिताले झण्डै ४२ वर्ष सत्ता सम्हालेका थिए । सन् २००९ मा आफ्ना बुबा ओमरको निधन भएपछि उनले कार्यभार सम्हालेका थिए ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मंगलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षड्यन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार उल्ट्याइएको थियो ।

नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।

रूसमाथि युक्रेनको ठूलो आक्रमण

युक्रेनले रुसका पाँच क्षेत्रलाई निशाना बनाएको छ । युक्रेनले आज बिहान १० देखि २० वटा ड्रोनले एकैपटक आक्रमण गरेको थियो। यो हमला युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको बताइएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनले रुसी क्षेत्रलाई ड्रोनमार्फत निशाना बनाएको आरोप लगाएको छ । यसलाई रुसी भूमिमा १८ महिनामा भएको सबैभन्दा ठूलो ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको छ।

पश्चिमी रुसी सहर प्सकोभको विमानस्थलमा ड्रोन हमला गरिएको हो । सो आक्रमणमा दुई सैन्य यातायात विमानमा क्षति पुगेको छ।

सञ्चारमाध्यमका अनुसार प्स्कोभ युक्रेनको सिमानाबाट करिब ८०० किलोमिटर टाढा रहेको छ। आक्रमणबाट चारवटा आईएल–६७ युद्धक विमानमा क्षति पुगेको थियो।

पछिल्लो हप्ता युक्रेनले रुसमाथि आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको यो आक्रमणबाट थप स्पष्ट भएको छ ।

यसैबीच, मस्कोको भानुकोभो एयरपोर्ट पनि आज केहीबेरका लागि बन्द गरिएको थियो । आक्रमणको क्रममा एउटा ड्रोन इन्धन भर्ने कम्प्लेक्समा ठोक्किए पछि त्यसमा आगो लागेको बताइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ८ : ०१ बजे

काठमाडौं उपत्यकामा चहलपहल बढ्न थाल्यो

काठमाडौं– बडादसैँ अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको

चलचित्र ‘१२ गाउँ’ युट्युबमा लिक 

काठमाडौं– नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर

फलफूलको मूल्य अकासियो

काठमाडौं– दशैँमा टिका थाप्न जादा कोसेली स्वरुप उपभोक्ताहरूले फलफूल खरिद

लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते

लमजुङ – लमजुङमा जिप दुर्घटना हुँदा १९ जना घाइते भएका

चट्टान तोडेर जोडियो सडकसँग मुड्केचुलाका तीन वडा

काँक्रेविहार– चट्टानका कारण निर्माणमा ढिलाइ भएको डोल्पाको मुड्केचुला गाउँपालिकाको मालुवाकुना