एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी | Khabarhub Khabarhub

एमाले कर्णालीको नेतृत्वका लागि आज मतदान, पाँच जनाको दाबी


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार मध्याह्न १२ बजेबाट मतदान सुरु हुनेछ ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधि रहेका छन् । 

आज हुने निर्वाचनले एमाले एमाले कर्णालीमा पाँचजना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

 

 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ५९ बजे

लागुऔषध प्रयोगकर्ता सामाजिक जीवनमा फर्किँदै

नेपालगञ्ज– नेपालगन्जमा रहेको नवदृष्टी महिला पुनःस्थापना केन्द्र लागुऔषध प्रयोगकर्ता महिला

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

पर्वत– पर्वतमा लामो समयदेखि बन्द रहेका ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले

कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ ।

गीत घरदेशी, व्यथा परदेशी 

नौ सय खोला तरेर जाने बिर्सने पो हो कि, मलाई

काठमाडौँ महानगरपालिकाद्वारा २३० कर्मचारी माग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले करारमा २३० कर्मचारी मागेको छ। महानगरले आज