काठमाडौँ– मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा आज बिहान दुर्घटना भएको हो ।
माइक्रोबसमा चालकसहित १४ जना यात्रु सवार रहेको बुझिएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी उद्धार कार्य भइरहेको छ ।
घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको छ । प्रहरीका अनुसार माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।














प्रतिक्रिया