किन गरिन्छ सोह्रश्राद्ध ? | Khabarhub Khabarhub

किन गरिन्छ सोह्रश्राद्ध ?


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

दसैँ सुरु हुनु अघि १६ दिनको पक्षलाई पितृपक्ष अर्थात सोह्रश्राद्ध भनिन्छ । सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म चल्ने छ ।

यो अवधिमा  पितृहरू पृथ्वी लोकमा आआफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ ।
हिन्दु धर्मावलम्बीहरूले सोह्र श्राद्ध, पितृ पक्ष, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन् ।

पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ । सोह्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र तिनको मृत्यु तिथि अनुसार श्राद्ध गर्दछन् ।

केही मानिस, जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनको समस्यालाई ध्यानमा राखी पितृ पक्षका त्यस्ता केही विशेष तिथिहरू निर्धारित गरिएको छ जुन दिन श्राद्ध गर्नाले हाम्रा समस्त पितृहरूको आत्मालाई शान्ति प्राप्त हुन्छ ।

पितृ कार्य गरी दिइएको पिण्ड तर्पण भोजनमा परिणत भई पितृहरूले पाउँछन् भन्ने मान्यता छ ।

सोह्र श्राद्धका दिनमा श्राद्ध गर्ने कर्ताले (पुरुषले) दारी, कपाल काटी एक छाक खाई शुद्ध हुने चलन छ । यसका साथै शुद्ध ठाउँमा बसेर श्राद्ध गर्ने गरिन्छ ।

यस्तै, काग, गिद्धको दृष्टि नपुग्ने, घरपालुवा कुकुर आदि जनावरको पहुँच नभएको र प्राङ्गण भएको ठाउँमा र श्राद्धकर्ता पूर्व वा दक्षिण फर्केर श्राद्ध गर्ने चलन छ ।

शास्त्रअनुसार श्राद्ध गर्ने ठाउँ नजिकै फलामयुक्त  सामान वा घन, झ्याम्फल, कुटो, कोदालो, काटी लगायतका सामानहरू राख्नु हुँदैन ।

यस्ता सामान यमराज अर्थात् यमदण्डको प्रतीक भएकाले यिनलाई देखेमा पितृहरू डराइ भाग्छन् र घरमा प्रवेश गर्दैनन् भन्ने मान्यता छ ।

शास्त्रअनुसार कुन तिथिमा कसको श्राद्ध गरिन्छ ?

  • जसको अल्पायुमा, कुनै दुर्घटना परी, सर्पको डसाइबाट, विष सेवनबाट, शस्त्र प्रहारबाट, हत्याबाट, आत्महत्या वा अन्य कुनै तरिकाको अस्वाभाविक रूपमा निधन भएका पितृहरूको श्राद्ध चतुर्दशी तिथिका दिन गर्नुपर्छ ।
  • जसको मृत्यु सामान्य एवं स्वाभाविक चतुर्दशी तिथिमा भएको छ, उनीहरूको श्राद्ध पितृ पक्षको त्रयोदशी अथवा अमावस्याका दिन गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
  • काल गतिले परलोक भएकाहरूको श्राद्ध भाद्र पूर्णिमा वा आश्विन कृष्ण अमावस्याका दिन गर्नुपर्छ ।
  • पति जीवित छँदै मृत्यु महिलाको श्राद्ध पितृ पक्षको नवमी तिथिमा गर्नु पर्छ ।
  • सन्यासीहरूको श्राद्ध पितृ पक्षको द्वादशीमै गर्नुपर्छ ।
  • मामाघरको हजुरबा तथा हजुरआमाको श्राद्ध आश्विन शुक्ल प्रतिपदामै गर्नुपर्छ भन्ने कुरा शास्त्र उल्लेख छ ।

सोह्र श्राद्धमा के गर्ने ? के नगर्ने ?

  • शास्त्रअनुसार श्राद्धभन्दा एक दिन अगाडि नङ, कपाल आदि काटी तर  शरीरमा सुन, तेल र साबुनको संसर्ग नगरी एक छाक ‘एकछाकी’ सात्विक भोजन गरी चोखोनितो रूपमा बस्नु पर्छ ।
  • श्राद्धका दिन र सोह्रश्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन ।
  • श्राद्धमा मुसुरीको दाल, लौका, चिचिन्डो, बैगुन, लसुन, प्याज, कोदो, तीते फापर लगायतका खाद्यवस्तुहरूको प्रयोग गर्नु हुँदैन ।
  • श्राद्धको दिनमा हलो जोत्नु, कोदालो खन्नु, दाउरा काट्नु, नाचगानलाई निषेधित गरिएको छ । एकछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नु हुँदैन ।
  • पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन र राति पनि भुईँमा एकसरो ओछ्यान लगाएर शयन गर्ने परम्परा रहेको छ ।
  • पितृ पक्षमा कुनै पनि माङ्गलिक तथा शुभ काम गर्न वर्जित छ । यतिखेर इनार वा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।
  • श्राद्ध पक्षमा घरमा रङ्ग लगाउन, नयाँ कपडा किन्न, घर सर्ने, विवाह गर्ने र विवाहको कुरा झिक्न समेत वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि गर्नु हुँदैन ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : २४ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी