अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ | Khabarhub Khabarhub

अश्लिल हर्कत गरेको आरोपमा रौतहटमा डेढ दर्जन टिकटकर पक्राउ


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

गौर- होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटकरलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेल, गौरमा मदिरा सेवन गरी हो हल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटकरहरू पक्राउ परेका हुन । सो घटनाबारे छानबिन जारी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहसहितका टिकटकर रहेका छन । पक्राउ गरिएका सबै दोषी नरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

सिया पैलेस होटलमा बसेका महिला डाक्टरको कोठा ढक्ढक्याएर खोल्न लगाउने तथा अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । राति १२ बजेसम्म तलको हलमा अश्लिल नृत्य तथा होहल्ला भई रहेको सूचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए ।

प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : ५० बजे

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा