१२ वटा उल्कापिण्डका टुक्रा जोडेर बनाइएको घडी गिनिज बुकमा, मूल्य कति ? | Khabarhub Khabarhub

१२ वटा उल्कापिण्डका टुक्रा जोडेर बनाइएको घडी गिनिज बुकमा, मूल्य कति ?


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आकाशबाट उल्कापिण्ड झर्नु सामान्य कुरा हो । तपाईले पनि यस्ता धेरै घटना देख्नुभएकै होला । तर, के आकाशबाट खस्ने यी उल्कापिण्डलाई घडी बनाउन पनि प्रयोग गर्न सकिन्छ भनेर तपाईलाई थाहा छ ?

लेस एटेलियर्स लुइस मोइनेट एक स्विस कम्पनी हो । यो कम्पनी विशेष गरी घडी बनाउनका लागि विश्वभर परिचित छ । अहिले यो कम्पनीले केही यस्ता घडी बनाएको छ, जसको चर्चा विश्वभर छ । वास्तवमा यी घडीहरू बनाउन उल्कापिण्डका टुक्राहरू प्रयोग गरिएको छ ।

यो घडी बनाउन १२ विभिन्न प्रकारका उल्कापिण्डका टुक्रा प्रयोग गरिएको छ । यी उल्कापिण्डहरू चन्द्रमा, मंगल ग्रह र क्षुद्र ग्रहजस्ता आकाशीय पिण्डबाट पृथ्वीमा आएको र ल्याइएको टुक्राहरू राखेर बनाइएको हो । यो घडीलाई कस्मोपोलिस नाम दिइएको छ ।

करबाहेक यो घडीको मूल्य करिब ३.२ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जबकि, यसको मूल्य करसहित हुँदा त्यो भन्दा उच्च हुन आउँछ। यो घडी बनाउनका लागि उल्कापिण्डसँगै १८ क्यारेटको गुलाबी सुन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यो घडीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमासमेत समावेश गरिएपछि थप चर्चामा आएको हो ।

उल्कापिण्डबाट केही वस्तुको निर्माण गरिएको यो पहिलो पटक भने होइन । यसअघि उल्कापिण्डबाट पनि अनौठो पर्स बनाइएको थियो । यो पर्स कोपर्नी नामको फ्रान्सेली कम्पनीले बनाएको हो । यो पर्सको मूल्य ३५ लाखभन्दा बढी छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ५ : ०५ बजे

राजतन्त्रको पक्षमा निस्केको आवाजबाट सर्तक हुनुपर्छ : महामन्त्री शर्मा

लुम्बिनी – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको अवस्थामा राजतन्त्रको

फिदिममा किरात गोल्डकप सुरु

पाँचथर – नवस्थापित पाँचथर फुटबल क्लबको आयोजनामा पाँचथरको सदरमुकाम फिदिममा

मुगु एमाले अधिवेशन : नेतृत्व चयन प्रक्रियाप्रति १० भ्रातृ सङ्गठनको असन्तुष्टि

मुगु – नेकपा (एमाले) मुगुको नवौँ जिल्ला अधिवेशनमा अध्यक्षमण्डलबाट घोषित

तनहुँमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, तीन घाइते

तनहुँ – ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको

जनजाति महासङ्घको महाधिवेशन जेठमा

काठमाडौं – नेपाली कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल लोकतन्त्रवादी आदिवासी