चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन « Khabarhub

चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालले छिमेकी मुलुक चीनबाट अपेक्षाकृत लाभ लिन चुकेको बताएका छन् । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भए पनि नेपालले अपेक्षाकृत लाभ लिन नसकेको बताए ।

चीनको ७४औँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रियामा निरन्तरको राजनीतिक अस्थिरता, नेपाल–चीनबीच भएका सहमति कार्यान्वयन पक्ष कमजोर हुँदा र चीनको विश्वास जित्न नसक्दा सोचेअनुसार सहयोग र लगानी भित्र्याउन नसकिएको शेरचनले बताए ।

नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक सङ्कटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरूको ध्यान जानुपर्ने शेरचनले सुझाव दिए ।

नेपाल–चीनमैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण सापकोटाले चीनसँग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनियाँ लगानी भित्र्याउन र १५ करोड चिनियाँ बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए ।

अन्तरक्रियामा लुम्बिनीस्थित चिनियाँ बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा डा कपिलदेव लामिछाने, डा ऋषिराम शर्मा, डा सागर न्यौपाने, उद्योगीहरू उज्ज्वल कसजू, एजाज आलम, टङ्क पोखरेल, प्राज्ञ बुँद रानालगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो बिदा हुने भएकाले त्यस अवधिमा चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ६ : ४६ बजे

कांग्रेसले टुंगो लगायो राष्ट्रिय सभाका नौ उम्मेदवार : को-को परे ?  

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय सभाका नौ उम्मेदवारको नाम टुंगो

चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित

सुदूरपश्चिम– लगातारको शीतलहरका कारण चिसो बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिका कार्यालयले

कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

चाकु बनाउन व्यस्त छन् ललितपुरका व्यवसायी (तस्बिरहरू)

काठमाडौं– माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग

समानुपातिकको छिद्रमा नेताको परेड, पुरानै पथमा रवि, बालेन र कुलमान

काठमाडौं – वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले