घोराही-तुलसीपुर चार लेन मर्मत हुँदै « Khabarhub

घोराही-तुलसीपुर चार लेन मर्मत हुँदै


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

तुलसीपुरघोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा मर्मत भइरहेको छ । पहिलो चरणमा तुलसीपुरको हात्तीखौवाबाट गुर्जेखोलासम्मको काम भइरहेको छ । सो काम असोजमा सक्ने गरी सम्झौता भएको छ । असार १८ गते सम्झौता गरी हाल काम भइरहेको इन्जिनियर मनिष विकले बताए ।

‘असोजमा काम सक्ने गरी सम्झौता भएको हो’, उनले भने, ‘मौसमले साथ दिएमा त्यो काम पूरा हुन्छ ।’ यसअघि चार लेनका क्रममा भत्किएको सडकलाई दुई लेनमै मर्मत गर्ने गरी काम अघि बढाइएको हो । हात्तीखौवाबाट गुर्जेखोलासम्मको १३ किलोमिटर सडक मर्मत कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले लिएको छ ।  एक करोड १६ लाखमा उक्त कम्पनीले ठेक्का लिएको हो ।

गुर्जेखोलाबाट बबईखोलासम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले रु एक करोड ४२ लाखमा लिएको छ । सोही कम्पनीले पनि काम सुरु गरेको छ । 

दुई लेन सडक मर्मतका लागि रु दुई करोड ५८ लाख छुट्याइएको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए । यसअघि चार लेन मर्मतका लागि भन्दै यसअघि रहेको पक्की सडक भत्काइएको थियो । जसले गर्दा बीच–बीचमा खाल्डाखुल्डी छन् ।

 ती खाल्डाखुल्डीले गर्दा आवतजावतमा निकै समस्या पर्ने गरेको छ । पटक–पटक म्याद थप गर्दा पनि चार लेन निर्माणको कामले गति लिन नसकेका कारण दाङका जनताले विरोध जनाएका थिए । सोही विरोधपछि चार लेन ठेक्का तोडिएको थियो । ठेक्का तोडिएपछि सडकबीचका खाल्डाखुल्डी मर्मतको काम अघि बढेको हो ।

यअसघि विसं २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवाचोकबाट घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो । भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो । 

तर उक्त सडकको काम पेटीठेकेदारलाई जिम्मा दिइएको थियो । पाँच वर्षमा आठ जना पेटी ठेकेदार फेरिए पनि काम भने समयमा पूरा हुन सकेन ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : १३ बजे

९ महिनामा साढे १६ खर्ब बढी भित्रियो रेमिट्यान्स, झण्डै ३५ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति पुग्यो

काठमाडौं– चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा विप्रेषण आप्रवाह ३९.१

नीति तथा कार्यक्रम : डिजिटल सामग्री तथा एआई आधारित सिकाई प्रणाली विकास गरिने

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि डिजिटल सामग्री तथा

अमेरिकाको टेक्सासमा रेलको डिब्बाभित्र छ जनाको मृत शरीर भेटियो

एजेन्सी– अमेरिकाको दक्षिणी टेक्सासमा आइतबार एक कार्गो रेलको एउटा ‘डिब्बा’

‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’मार्फत आपराधिक गतिविधि नियन्त्रण गरिने

काठमाडौं– सरकारले ‘ड्रोन’ तथा ‘नाइटभिजन क्यामेरा’ प्रयोग गरी आपराधिक गतिविधि

गगनले शेरबहादुर र शेखरनिकट १९ नेतालाई केन्द्रीय कार्यसमितिमा समेटे

काठमाडौं- दोस्रो विशेष महाधिवेशनमार्फत् सभापति बनेका गगनकुमार थापाले नेपाली कांग्रेस