कालो बिरालोले बाटो काटेमा के गर्ने ?  « Khabarhub

कालो बिरालोले बाटो काटेमा के गर्ने ? 


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

नेपालमा परापूर्व कालदेखि जनावर, पशुपक्षी लगायतले शुभ र अशुभ कुराको सङ्केत गर्ने विश्वास गरिन्छ ।

कुकुर, बिरालो, फ्याउरो, काग लगायत जनावर तथा पशुपक्षीहरूले पछि हुने कुराको सङ्केत गरिरहेका हुन्छन् भन्ने मान्यता रहेको छ ।

सामान्यतया बाटोमा हिँड्दा बिरालोले बाटो काट्यो भने अशुभ मान्ने गरिएको छ । कतै जान लाग्दा बिरालो वा न्याउरी मुसाले बाटो काटेमा त्यो काम नबन्ने विश्वास आम रूपमा गर्ने गरिएको छ ।

कुकुर बिरालो न्याउरी मुसा, छेपारो आदीले बाटो काटेको देखेमा केही बेर कुर्ने र अर्को कोही गएपछि मात्र जाने नेपालीको बानी जस्तै बनेको छ ।

विशेषगरी सवारीसाधन प्रयोगकर्ताहरूले पनि यी जनावरले बाटो काटेमा सवारी दुर्घटना हुने भन्दै अगाडि बढ्न सङ्कोच मान्ने गर्छन् ।

बिरालो, न्याउरी मुसा लगायतले बाटो काटेमा दोष निवारणका लागि केही झारपात वा स्याउलालाई ढुङ्गाले थिचेर दोष पन्छाएर अघि बढ्ने चलन पनि रहेको छ । तर यसको कुनै वैज्ञानिक आधार र तथ्य भने पाइँदैन ।
बिरालोले बाटो काट्नु, बिरालो रुनु र आपसमा झगडा गर्नु पनि अशुभ मानिन्छ । सामान्यता बिरालोले बाटो काटेको अशुभ मानिन्छ । बिरालोले दाहिनेतिरबाट बाटो काटेको छ भने बायाँ तर्फ जानुलाई भने अशुभ मानिँदैन ।

शास्त्रीय मान्यता अनुसार बिरालोले बाटो काटेको त्यति बेला अशुभ हुन्छ जब कालो बिरालोले बाटो काट्छ ।

अन्य रङ्गका बिरालाले बाटो काट्नुले अशुभ सङ्केत दिँदैन । कोही कुनै शुभ कार्यमा जाँदै गर्दा र बिरालो आफ्नो मुखमा मासुको टुक्रा वा केही चिज लिएर उभिएको देखियो भने उसको काम सफल हुन्छ ।

यदि सुतिरहेको व्यक्तिको टाउको बिरालोको चाट्यो भने यस्ता व्यक्ति सरकारी मामिलामा फस्न सक्छ । दीपावलीको रातमा घरमा बिरालो आउनु शुभ मानिन्छ ।

शास्त्रीय मान्यता अनुसार बिरालोले घरको सुख शान्तिको सन्देश पनि प्रवाह गर्दछ । बिरालोले कसैको घरमा बच्चालाई जन्म दियो भने त्यसलाई शुभ मानिन्छ । बिरालो र उसको बच्चालाई हरेक दिन दूध पिलाउनाले घरमा सुख, समृद्धि छाउने मान्यता रहेको छ ।

बाटोमा हिँडिरहेको बेला बिरालोले आफ्नो मुखमा च्यापेर केही चिज लैजाँदै छ भने त्यसलाई शास्त्रमा शुभ मानिन्छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ४९ बजे

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा

ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो बस, एक जनाको मृत्यु, १० घाइते

काठमाडौँ – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक

ओमानको मस्कटमा नेपाल–ओमान व्यापार तथा लगानी प्रवर्द्धन कार्यक्रम

ओमान- ओमानको मस्कटस्थित नेपाली राजदूतावासले नेपाल–ओमानबीच व्यापार तथा लगानी प्रवर्द्धन

सुनको मूल्य तोलाको तीनलाख नजिक, एकै दिन ८ हजार रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका अधिकांश मुद्दा

झापा– सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै