दसैँ बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे | Khabarhub Khabarhub

दसैँ बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

उनीहरूले विभिन्न प्रवेशद्वारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार सोही समयमा  सात सय ३७ पटक जिप सफारी भएको छ ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार  हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जिप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जिप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जिप सफारी गरिएको छ । दसैँको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जिप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जीप सफारी गरिएको उनले बताए। उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जिप सफारी गरिएको छ ।

दसैँको समयमा निकुञ्ज भ्रमण गर्नेहरूबाटै एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व संकलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उनले बताए। उनले भने,  ‘गत वर्षहरूको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।’

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासि बढेको छ । दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताइन्। कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएकी हुन् । अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन् । उनको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन् । आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उनले जानकारी दिए। दसैँको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन् ।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन् । पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन् । सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जिप र डुङ्गा सफारी चलायमान भएका छन् । 

दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले  जानकारी दिए । सौराहामा एक सय २५ होटल र ९५ रेस्टुरेन्ट रहेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ । सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ । 

निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : ३१ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि