दसैँ बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे « Khabarhub

दसैँ बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन् । जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन् ।

उनीहरूले विभिन्न प्रवेशद्वारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन् । भ्रमणमा आएकामध्ये विदेशी छ हजार ४८ र सार्क देशका सात सय ७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार सोही समयमा  सात सय ३७ पटक जिप सफारी भएको छ ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन । सौराहा क्षेत्रबाट नेपाली १२ हजार पाँच सय ५८, विदेशी चार  हजार पाँच सय ४३, सार्क मुलुकका पाँच सय ६३ जनाले भ्रमण गरेका हुन् । यस क्षेत्रबाट चार सय चार पटक जिप सफारी भएको छ । यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जिप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जिप सफारी गरिएको छ । दसैँको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जिप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जीप सफारी गरिएको उनले बताए। उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, २ जना विदेशी एवं दुई पटक जिप सफारी गरिएको छ ।

दसैँको समयमा निकुञ्ज भ्रमण गर्नेहरूबाटै एक करोड ८५ लाख ४४ हजार नौ सय ५० राजस्व संकलन भएको छ । तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । कोरोनाका कारण घटेको पर्यटक विस्तारै बढ्न थालेको उनले बताए। उनले भने,  ‘गत वर्षहरूको तुलनामा नेपालीसँगै विदेशी पर्यटक बढेको छ ।’

सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

सौराहामा विदेशी पर्यटकको सङ्ख्या एक्कासि बढेको छ । दैनिक एक हजार पाँचभन्दा बढी विदेशी पर्यटक सौराहा आएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले बताइन्। कोरोनापछि सबैभन्दा बढी विदेशी पर्यटक अहिले आएकी हुन् । अहिले आएका पर्यटकमध्ये तेस्रो मुलुकका ४० प्रतिशत, चिनियाँ ३० प्रतिशत, भारतीय २० प्रतिशत र स्वदेशी १० प्रतिशत रहेका छन् । उनको भनाइअनुसार अहिले ९० देखि ९५ प्रतिशत कोठा बुकिङ भएका छन् । आउँदो डिसेम्बर सम्म ७५ हजारले बुकिङ गरिसकेको उनले जानकारी दिए। दसैँको बिदा सकिएसँगै स्वदेशी पर्यटक घटेका हुन् भने एकाएक विदेशी बढेका छन् ।

विभिन्न देशबाट काठमाडौँ आएका विदेशी पर्यटक सौराहा आएका छन् । पोखरा र लुम्बिनीलाई गन्तव्य बनाएका पर्यटक पनि सौराहा आउन थालेका हुन् । सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि हात्ती, जिप र डुङ्गा सफारी चलायमान भएका छन् । 

दैनिक एक ट्रिप गर्न मुस्किल रहेको हात्ती सफारी अहिले तीन ट्रिपसम्म हुन थालेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र खतिवडाले  जानकारी दिए । सौराहामा एक सय २५ होटल र ९५ रेस्टुरेन्ट रहेका छन् । मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहामा सात हजार पाँच सय पर्यटक राख्न सक्ने क्षमता रहेको छ । सफारी पर्यटनको हिसाबले विश्वमा चितवन राष्ट्रिय निकुञ्जलाई चिन्ने गरिन्छ । 

निकुञ्जको प्रवेशद्धारमध्ये धेरै पर्यटक प्रवेश गर्ने क्षेत्र सौराहा हो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : ३१ बजे

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा

हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद

काठमाडौं– सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले शुक्रबार युरोपेली

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०