जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी « Khabarhub

जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्‍व बैंकले पाकिस्तानको आर्थिक अवस्थामा महत्त्वपूर्ण नकारात्मक जोखिमहरू रहेको चेतावनी दिएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उच्च मुद्रास्फीति र सुस्त बृद्धिदर पाकिस्तानी अर्थतन्त्रले सामाना गर्ने प्रमुख जोमिखहरु रहेको औल्याएको हो ।

जीडीपीको ४ प्रतिशतको तीव्र वित्तीय समायोजन र अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रतिबद्ध व्यापक(आधारित सुधारहरूको निर्णायक कार्यान्वयनको लागि विश्व बैंकले पाकिस्तानलाई सुझाव समेत दिएको छ ।

विश्व बैंकले चालु आर्थिक वर्षमा २६.५ प्रतिशत र आर्थिक वर्ष २०२४ मा १७ प्रतिशत मुद्रास्फीति हुने अनुमान गरेको छ। इस्लामाबादमा रहेको विश्व बैंकका अधिकारीहरूले भने कि ठूलो मूल्यह्रास, उच्च विनिमय दर र रेकर्ड वित्तीय घाटा र ऋण सेवालाई वित्त पोषण गर्न भारी बैंक उधारोले बहु(दशकको उच्च मुद्रास्फीति दरलाई बढाएको छ।

‘आईएमएफ स्ट्यान्डबाइ एरेन्जमेन्ट (एसबीए), नयाँ बाह्य वित्तपोषण र निरन्तर वित्तीय संयमको बलियो कार्यान्वयनमा अनुमान गरिएको, वास्तविक जीडीपी वृद्धि आर्थिक वर्ष २०२४ मा १.७ प्रतिशत र आर्थिक वर्ष २०२५ मा २.४ मा रिकभर हुने अनुमान गरिएको छ,ु विश्व बैंकको पछिल्लो ुपाकिस्तान विकास अपडेट वित्तीय स्थिरता पुनर्स्थापना’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वृद्धि प्रक्षेपण वासिङ्टनस्थित एजेन्सीले जुनमा गरेको प्रक्षेपण २ प्रतिशतभन्दा थोरै कम छ र सरकारले तोकेको ३.५ प्रतिशत लक्ष्यभन्दा आधा कम छ। गत महिना एसियाली विकास बैंकले चालू आर्थिक वर्षमा पाकिस्तानको जीडीपी वृद्धिदर १.९ प्रतिशत र मुद्रास्फीति दर २५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

यता पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताएका छन् ।

मुलुकको दक्षिणी बन्दरगाह सहर कराँचीमा सम्बोधन गर्दै उनले पाकिस्तानमा एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने बताए ।

धेरै राजनीतिक तथा आर्थिक चुनौतीका बाबजुद सरकारले आर्थिक सूचकहरूलाई माथि लैजानका लागि हरसम्भव प्रयास गरिएको उनको भनाइ थियो ।

“सहज व्यापार र समयमै लिइने निर्णयले मुलुकलाई आर्थिक स्थिरताको मार्गमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, पाकिस्तानलाई आर्थिकरूपमा बलियो बनाउन व्यापारिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति अल्भीले भने ।

राष्ट्रिय विकास प्रक्रियामा महिला सहभागिताका बारेमा कुरा गर्दै उनले महिलाहरूलाई वित्तीयरूपमा सक्षम बनाउन र उनीहरूलाई मुलुकको अर्थतन्त्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउनका लागि कम्पनीहरूमा रोजगारी दिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ०७ बजे

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर

काठमाडौं महानगर : ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा

काठमाडौं– ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा

कुन्ती पोखरेलको ठहर : जितेका उम्मेदवारले निर्वाचनक्षेत्र फेर्दा जनता ठगिए 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले यसपटकको

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा

सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य