जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी « Khabarhub

जटिलतातर्फ पाकिस्तानी अर्थतन्त्र, उच्च मुद्रास्फीतिको चेतावनी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्‍व बैंकले पाकिस्तानको आर्थिक अवस्थामा महत्त्वपूर्ण नकारात्मक जोखिमहरू रहेको चेतावनी दिएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले उच्च मुद्रास्फीति र सुस्त बृद्धिदर पाकिस्तानी अर्थतन्त्रले सामाना गर्ने प्रमुख जोमिखहरु रहेको औल्याएको हो ।

जीडीपीको ४ प्रतिशतको तीव्र वित्तीय समायोजन र अन्तर्राष्ट्रिय मुद्रा कोषमा प्रतिबद्ध व्यापक(आधारित सुधारहरूको निर्णायक कार्यान्वयनको लागि विश्व बैंकले पाकिस्तानलाई सुझाव समेत दिएको छ ।

विश्व बैंकले चालु आर्थिक वर्षमा २६.५ प्रतिशत र आर्थिक वर्ष २०२४ मा १७ प्रतिशत मुद्रास्फीति हुने अनुमान गरेको छ। इस्लामाबादमा रहेको विश्व बैंकका अधिकारीहरूले भने कि ठूलो मूल्यह्रास, उच्च विनिमय दर र रेकर्ड वित्तीय घाटा र ऋण सेवालाई वित्त पोषण गर्न भारी बैंक उधारोले बहु(दशकको उच्च मुद्रास्फीति दरलाई बढाएको छ।

‘आईएमएफ स्ट्यान्डबाइ एरेन्जमेन्ट (एसबीए), नयाँ बाह्य वित्तपोषण र निरन्तर वित्तीय संयमको बलियो कार्यान्वयनमा अनुमान गरिएको, वास्तविक जीडीपी वृद्धि आर्थिक वर्ष २०२४ मा १.७ प्रतिशत र आर्थिक वर्ष २०२५ मा २.४ मा रिकभर हुने अनुमान गरिएको छ,ु विश्व बैंकको पछिल्लो ुपाकिस्तान विकास अपडेट वित्तीय स्थिरता पुनर्स्थापना’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वृद्धि प्रक्षेपण वासिङ्टनस्थित एजेन्सीले जुनमा गरेको प्रक्षेपण २ प्रतिशतभन्दा थोरै कम छ र सरकारले तोकेको ३.५ प्रतिशत लक्ष्यभन्दा आधा कम छ। गत महिना एसियाली विकास बैंकले चालू आर्थिक वर्षमा पाकिस्तानको जीडीपी वृद्धिदर १.९ प्रतिशत र मुद्रास्फीति दर २५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

यता पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले अर्थतन्त्रलाई बढावा दिनका लागि पाकिस्तानले अन्य मुलुकहरूसँग संयुक्त उद्यम कार्यक्रममार्फत प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) बढाउने प्रयास गरिरहेको बताएका छन् ।

मुलुकको दक्षिणी बन्दरगाह सहर कराँचीमा सम्बोधन गर्दै उनले पाकिस्तानमा एफडीआईको माध्यमबाट आर्थिक विकासलाई बढाउने भरपुर क्षमता रहेको र यसको उपयोग जिम्मेवारी लिएर र विवेकपूर्ण नीतिहरू बनाएर गर्न सकिने बताए ।

धेरै राजनीतिक तथा आर्थिक चुनौतीका बाबजुद सरकारले आर्थिक सूचकहरूलाई माथि लैजानका लागि हरसम्भव प्रयास गरिएको उनको भनाइ थियो ।

“सहज व्यापार र समयमै लिइने निर्णयले मुलुकलाई आर्थिक स्थिरताको मार्गमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, पाकिस्तानलाई आर्थिकरूपमा बलियो बनाउन व्यापारिक समुदायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रपति अल्भीले भने ।

राष्ट्रिय विकास प्रक्रियामा महिला सहभागिताका बारेमा कुरा गर्दै उनले महिलाहरूलाई वित्तीयरूपमा सक्षम बनाउन र उनीहरूलाई मुलुकको अर्थतन्त्रमा आफ्नो भूमिका निर्वाह गर्न सक्षम बनाउनका लागि कम्पनीहरूमा रोजगारी दिनुपर्ने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ०७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको