एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आज सुरु हुँदै « Khabarhub

एमालेको मध्यपहाडी लोकमार्ग पदयात्रा आज सुरु हुँदै


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको मध्यपहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट बिहान साढे ८ बजे मध्यपहाडी लोक मार्ग पदयात्राको उद्घाटन गर्दैछन् । बैतडीकै खोड्पेमा आज सन्देश सभा समेत आयोजना हुनेछ ।

जसका लागि अध्यक्ष ओलीसहित पार्टीका शीर्ष नेताहरू हिजो नै बैतडीको झुलाघाट पुगिसकेका छन् । 

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्यपहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटरसम्म एमालेको पदयात्रा जारी रहने छ ।

एमालेका अनुसार झुलाघाट (बैतडी) –चिवाभञ्ज्याङ (पाँचथर) यात्रा तीन साता (पुस २) सम्म चल्नेछ । एमालेले यो यात्राले मुलुकमा समृद्धिको थप आधार तय गर्ने दाबी गरेको छ ।

यो पनि पढ्नुहोस् :
यस्तो छ एमालेको सङ्कल्प यात्राको रुट (सूचीसहित)

सुदूरपश्चिमबाट एमालेको सङ्कल्प यात्रा सुरु हुँदै : भीम रावललाई छैन खबर

 

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ६ : ५६ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र