जीवनमा साधारण मानिस मात्र होइन, ख्याति कमाएका महापुरुष पनि बलिन्द्रधारा आँसु खसालेर रोएका छन्। आँखाबाट झर्दा आँसु तरल पदार्थ भए पनि यसले बोकेको भाव विचित्र हुन्छ। जो सामान्य मानिस छ उ व्यवहारिक जीवनमा पीडा र मर्मका चोटमै रोइदिन्छ। बालबालिका त झन् यी भन्दा झिनामसिना कुरामै रुन्छन्। आफ्नो व्यक्तिगत स्वार्थ रक्षाका लागि रुने संसारमा धेरै मानिस छन्। तर सामाजिक कल्याण र जनहितका पक्षमा द्रवित हुने महामानव चाहिँ विश्वको जुनसुकै कुनामा पनि थोरै हुँदा रहेछन्।
भगवान श्रीकृष्णका कतिपय लीलामा पनि आँसुको प्रसंग पढ्न पाइन्छ। बनवासी रामको आत्मा राजमहल निवासी हुँदासम्म पनि मुस्कुराउन पाएन। सीता र द्रौपदीजस्ता युगीन व्यक्तित्व बोकेका प्रखर नारीले पनि आँसुको दिनचर्या भोग्नुपरेको थियो।
मान्छेको के कुरा ईश्वरले समेत दुखका चुडान्त क्षणमा अश्रुपुरित नेत्र उठाएर नियतिको दुर्दान्त खेल खेल्नुपरेका घटना पुराणमा वर्णित छन्। सतीदेवीको देहान्तपछि भगवान शंकर पागलजस्तै बनेर रोएका थिए। भगवान श्रीकृष्णका कतिपय लीलामा पनि आँसुको प्रसंग पढ्न पाइन्छ। बनवासी रामको आत्मा राजमहल निवासी हुँदासम्म पनि मुस्कुराउन पाएन। सीता र द्रौपदीजस्ता युगीन व्यक्तित्व बोकेका प्रखर नारीले पनि आँसुको दिनचर्या भोग्नुपरेको थियो।
विश्वका धेरै शक्तिशाली नेताले जीवनको कुनै विन्दुमा आँसु झारेका छन्। सार्वजनिक कार्यक्रममा आँसु थाम्न नसक्ने विश्व नेताको सूचीमा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुशको नाम पनि आउँछ। सन् २०१८ मा आफ्ना पिता जर्ज एच डब्लू बुशको अन्त्येष्टिमा उनले आफूलाई नियन्त्रण गर्न सकेका थिएनन्। आफ्ना पिताप्रति समवेदना प्रकट गर्दा उनका आँखाबाट आँसु खसेका थिए।
अमेरिकाका अर्का पूर्वराष्ट्रपति बाराक ओबामा बन्दुक नियन्त्रण गर्ने अध्यादेश जारी गर्ने क्रममा सन् २०१६ को जनवरी महिनामा राष्ट्रपतीको पोडियम मै भावविव्हल भएर आँसुझारेका थिए। त्यस्तै, तत्कालीन उपराष्ट्रपति जो बाइडेनका छोरा बेउ बाइडेनको अन्त्येष्टिका क्रममा सन् २०१५ मा पनि उनले आफूलाई सम्हाल्न सकेनन्।
विश्वका धेरै शक्तिशाली नेताले जीवनको कुनै विन्दुमा आँसु झारेका छन्। सार्वजनिक कार्यक्रममा आँसु थाम्न नसक्ने विश्व नेताको सूचीमा अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुशको नाम पनि आउँछ।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न कालखण्डमा आँसु खसालेका छन्। उनले सार्वजनिक स्थानमा भक्कानिएको घटना सन् २००४ को जनवरी १४ मा गुजरातको मुख्यमन्त्री हुँदाको हो। सन् २००१ मा गुजरातमा गएको शक्तिशाली भूकम्पले क्षति पुर्याएर पुनःनिर्माण गरिएको एउटा अस्पतालको उद्घाटन गर्ने क्रममा आँसुझारेका थिए। उक्त भूकम्पबाट धेरै गुजरातीले क्षति व्यहोर्नुपरेको भन्दै उनी भक्कानिएका थिए। त्यस्तै, कोरोना भाइरसको महामारीका बेला बनारसका आफ्ना मतदाता र चिकित्सकलाई सम्बोधन गर्ने क्रममा पनि उनको गला अवरुद्ध भएको थियो। भारतले चन्द्रमामा चन्द्रयान ३ सफलतापूर्वक अवतरण गर्दा पनि उनी निकै भावुक बनेका थिए।
शक्तिशाली व्यक्तित्वको छवि बनाएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१२ मा राष्ट्रपति निर्वाचित भएपछि समर्थकलाई सम्बोधन अश्रुपुरित दृश्यमा प्रकट भए। त्यसअघि सन् २००० मा आफ्ना राजनीतिक गुरु मानिने एनाटोली सोबाकको अन्त्येष्टिमा पनि पुटिनले आँसु थाम्न सकेनन्।
क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडो पनि कमलो हृदयका व्यक्ति हुन्। बेलायती महारानी एवम् क्यानाडाकी आलंकारिक राष्ट्रप्रमुख एलिजावेथ द्वितीयको निधनमा टुडो अधैर्य बने त्यस्तै, क्यानाडाका आदिवासी विद्यालयमा भएका मानव अधिकार उल्लङ्घनका घटना सार्वजनिक भएका बेला सन् २०१७ मा पनि प्रधानमन्त्री टुडोका आँखा रसाएका थिए।
शक्तिशाली व्यक्तित्वको छवि बनाएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०१२ मा राष्ट्रपति निर्वाचित भएपछि समर्थकलाई सम्बोधन अश्रुपुरित दृश्यमा प्रकट भए। सन् २००० मा आफ्ना राजनीतिक गुरु एनाटोली सोबाकको अन्त्येष्टिमा पनि पुटिनले आँसु थाम्न सकेनन्।
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने। स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यै सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो। दुई देश विभाजित हुँदाको पीडाले महात्मा गान्धीलाई मानसिक तनावमा पार्यो। उनले बलिन्द्र आँसुधारा बगाएर मनको पीर पखाले।
यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव। भनिन्छ- बेंजामिन मोलाइसलाई दक्षिण अफ्रिकाको जातिवादी गोरा सरकारले सन् १९८५ मा फाँसीमा झुण्ड्याउँदा नेल्शन मण्डेलाले आफ्नो आँसु रोक्न सकेका थिएनन्। बेंजामिन दक्षिण अफ्रिकाको पहिलो देशभक्त सहिद कवि हुन्। त्यसबेला अफ्रिकी स्वतन्त्रता आन्दोलनका हिमायती उनका कविता ओठओठमा झुण्ड्याएर हिँड्थे।
संयुक्त राष्ट्रसंघको विरोध हुँदाहुँदै पनि उनलाई अफ्रिकी सरकारले झुण्ड्याइदिँदा नेल्शन मण्डेलाले भनेका थिए- ‘मलाई आकाश यति अन्धकारमय कहिल्यै लागेको थिएन, जति बेंजामिन मोलाइसलाई फाँसीको सजाय दिएपछि लाग्दैछ। उनी हाम्रो वरिपरि प्रत्येक सासमा जीवित रहेका छन्।’
भारत चीन सीमा युद्धका बेला दिल्लीको रामलीला मैदानमा आयोजित एउटा सांस्कृतिक समारोहमा लता मंगेसकरले गाएको राष्ट्रिय गीत सुनेपछि तात्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले आफूलाई थाम्न सकेनन्। उनले रुँदै लतालाई भनेका थिए- ‘बेटी तुने मुझे रुला दिया।’
हाम्रै सन्दर्भमा पनि सर्वोच्च नेता गणेशमान सिंहका आँसु धेरैले देखेको हुनुपर्छ। ठूला मानिसलाई परका भन्दा आफ्नै नजिकका मानिसले बढी रुवाउँछन्। मानवीय स्वभावको एउटा दारुण पक्ष के भने विरोधीको प्रहारले कुनै पनि मनुष्यलाई कहिल्यै कमजोर तुल्याउँदैन। तर छातीमा आफन्तहरुले चोट लगाइदिए भने त्यसलाई सहन गर्न कठिन पर्दोरहेछ।
भारत चीन सीमा युद्धका बेला दिल्लीको रामलीला मैदानमा आयोजित एउटा सांस्कृतिक समारोहमा लता मंगेसकरले गाएको राष्ट्रिय गीत सुनेपछि तात्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले आफूलाई थाम्न सकेनन्। उनले रुँदै लतालाई भनेका थिए- ‘बेटी तुने मुझे रुला दिया।’
पञ्चायतकालमा पद्मरत्न तुलाधरले गहभरि आँसु पारेर सम्पूर्ण विधायकलाई कमसेकम अबदेखि भ्रष्टाचार नगरौं भनेर आह्वान गर्दा सारा पञ्चले देशव्यापी रुपमा उनको खिल्ली उडाएका थिए। वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पहिलो संविधानसभाले संविधान बनाउन असफल भएको घोषणा हुँदा भाव विव्हल भएर रोएका थिए।
राष्ट्र र जनताको भलाईका लागि पवित्र आँसु खसाल्ने मानवतावादी व्यक्तित्व सामाजिक विसंगतिबाट चिमोटिनु अस्वाभाविक होइन। तर आफ्नो अनमोल जिन्दगीलाई तानाशाही संघर्षको क्रूर र कठोर दायराभित्र हुर्काउने जोसेफ स्टालिन जस्ता मानिसको ओठमा मुस्कान फुट्नु र नजरमा पानी उम्रिनु भनेको चाहिँ आठौं आश्चर्य हो।
डा. सर्वपल्ली राधाकृष्णले भारतीय राजदूतका रुपमा पूर्व सोभियत संघमा रहँदा त्यहाँका राष्ट्रपति जोसेफ स्टालिनलाई आख्यान यसरी सुनाएका थिए- हाम्रो देशमा एकजना सम्राट जीवनभर भयंकर खुंखार लडाईं लडेर वृद्धावस्थामा पुगेपछि सारा राजपाट त्यागी भिक्षु बनेका थिए।
जोसेफिन अत्यन्त धूर्त र अस्थिर चरित्रकी महिला हुन् भन्ने जान्दाजान्दै पनि नेपोलियन उनीप्रति यति आशक्त थिए कि एकपल्ट रणभूमिको विपरीत परिस्थिति ढालेर उनलाई भेट्न मिलान पुग्दा भेट्न नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए।
राष्ट्रपति महोदय ! तपाईं पनि रक्तपथको लामो यात्राबाट प्रभुताको यो महान सिंहासनमा आइपुग्नुभएको छ। भोलिका दिनमा यहाँ पनि हाम्रै देशको उक्त सम्राटजस्तो बन्न सक्नुहुन्न भनेर अहिल्यै कसले ग्यारेन्टी गर्न सक्छ- डा. राधाकृष्णको कुरा सुनेर स्टालिन जीवनमा पहिलोपल्ट दिल खोलेर मुस्कुराएका थिए।
उनले भने- हो कहिलेकाहीं चमत्कार सिर्जना हुनसक्छ। म पनि ५ वर्षसम्म धर्मशास्त्रका स्कुलमा बसेको छु। बातचित सकेर राधाकृष्ण राष्ट्रपति भवन बाहिर निस्कँदा स्टालिनले आफ्नो दोभाषे पावलोबलाई बोलाएर भनेका थिए। राधाकृष्ण एउटा संकीर्ण देशभक्त मनुष्य होइनन्। उनको हृदय पीडित मानवताका लागि सधैं द्रवित हुने गर्छ।
सन् १९५२ को ५ अप्रिलमा आफ्नो कार्यकाल समाप्त गरेर भारत फर्किने बेलामा राधाकृष्णले स्टालिनसँग विदाईको गला मिलाएर उनको पिठ्यूँ सुमसुम्याउँदा स्टालिनको आँखामा आँसुको सागर उर्लिएको थियो। उनको अनुहार मलिन थियो र कण्ठ पनि अवरुद्ध। उनले आफ्न सजल नेत्र उचालेर भनेका थिए- ‘तपाईं पहिलो व्यक्ति हो जसले मलाई मनुष्य सम्झिएर मप्रति मानवीय व्यवहार गर्नुभयो। मलाई कहिल्यै पनि दानव ठान्नुभएन। तपाईं हामी सबलाई छोडेर जाँदै हुनुहुन्छ। म चाहन्छु कि तपाईं दीर्घजीवी रहनुहोस्। अब म धेरै दिन बाँच्दिन।’
आँसुले सम्भवत मानिसको मनलाई हलुका बनाउँछ। त्यसैले होला आफ्नो अन्तरमनलाई संवेदनशील पीडाका अव्यक्त वेदनाहरुले थिचेका बेला संसारको जुनसुकै मनुष्य पनि आँसुको सहारा लिने गर्छ।
स्टालिन रोएको यस घटनालाई सारा विश्वले इस्पातको मानिस रोएको रुपमा स्वीकार गरेको थियो। नेपोलियन बोनापार्ट पनि ढुंगो र फलाम जतिक्कै कडा र अररोपन भएका निर्दयी मनुष्य हुन्। हिंसात्मक पराक्रममा लिप्त यी सैनिक योद्धाको हृदय जोसेफिन नामकी एकल महिलाप्रति अत्यन्तै दयालु र संवेदनशील थियो। जोसेफिन अत्यन्त धूर्त र अस्थिर चरित्रकी महिला हुन् भन्ने जान्दाजान्दै पनि नेपोलियन उनीप्रति यति आशक्त थिए कि एकपल्ट रणभूमिको विपरीत परिस्थिति ढालेर उनलाई भेट्न मिलान पुग्दा भेट्न नपाएपछि डाँको छोडेर क्वाँ क्वाँ रोएका थिए।
आँसुले सम्भवत मानिसको मनलाई हलुका बनाउँछ। त्यसैले होला आफ्नो अन्तरमनलाई संवेदनशील पीडाका अव्यक्त वेदनाहरुले थिचेका बेला संसारको जुनसुकै मनुष्य पनि आँसुको सहारा लिने गर्छ। रुँदैमा लज्जा र हीनताबोध कसले कहाँ पो गरेको छ र? भुक्तभोगीले त्यसै भनेका होइन- रुनु भनेको मनको मैलो धुनु पनि त हो नि।
प्रतिक्रिया