गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए « Khabarhub

गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका प्रसिद्ध उद्योगपति एवम् अडानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन् ।

गौतम अडानीको सम्पत्ति बढ्नुको कारण विगत केही दिनमा उनको कम्पनीको शेयरमा भएको वृद्धि हो । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ । जसका कारण गौतम अडानी अहिले १९ औं विश्वका धनीको स्थानमा आएका छन् ।

नोभेम्बर २८ मा अदानी समूहको शेयरको समग्र मार्केट क्याप १.०४ लाख करोड रुपैयाँले बढेर ११.२९ लाख करोड रुपैयाँ पुगेको छ । जुन अप्रिल ११, २०२२ पछि एक दिनमा सबैभन्दा ठूलो उछाल हो ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ३ : ३३ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज