आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सरकारको निर्णय | Khabarhub Khabarhub

आमसञ्चारसम्बन्धी विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने सरकारको निर्णय


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आमसञ्चारसम्बन्धी विभिन्न विधेयकलाई तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सञ्चार मन्त्रालयको प्रस्तावमा राष्ट्रिय आमसञ्चारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिइन् ।

त्यस्तै, नेपाल मिडिया काउन्सिल विधेयक तर्जुमा गर्न समेत मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उनले बताइन् ।बैठकले सामाजिक सञ्जालको प्रयोग, नियमन, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अर्को विधेयक तर्जुमाका लागि समेत सैद्धान्तिक सहमति प्रदान गरेको छ । त्यस्तै, मल्दिभ्सको मालेमा मङ्सिर २७ र २८ गते हुने एक बैठकमा महान्यायाधीवक्ता डा. दिनमणि पोखरेल सहभागी हुने कार्यतालिका स्वीकृत गरेको उनले बताइन् ।

बैठकले सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गर्ने निर्णय गरेको पनि जानकारी दिइन् । बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय भएको उनले बताइन् ।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले रुसी सेनामा रहेका नेपालीको मृत्यु घटनाबारे सरकार गम्भीर रहेको भन्दै रुसी सेना भर्ती हुन नहुने सरकारको स्पष्ट धारणा रहेको बताइन् ।

उनले मर्ज र खारेज गर्ने भनिएको सार्वजनिक संस्थाका बारेमा थप गृहकार्य भइरहेको समेत बताइन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : ०० बजे

नहरमा डुबेर एक जनाको मृत्यु

लम्की– कैलालीको लम्की चुहानगरपालिका– ६ बाघमारा, रानीजमरा कुलरिया सिँचाइ आयोजनाको

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२-०८३ का लागि कक्षा

कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै

जुवातास खेल्ने २६ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र चितवनबाट प्रहरीले २६ जनालाई

धुलिखेलको ‘जन्मोत्सव उद्यान’ मा एक हजार बिरुवा रोपिए

काभ्रेपलाञ्चोक – धुलिखेलस्थित ‘जन्मोत्सव उद्यान’ र आसपासका क्षेत्रमा आज विभिन्न