साल्पापोखरी चिनाउन महोत्सव « Khabarhub

साल्पापोखरी चिनाउन महोत्सव


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोजपुर, खोटाङ, सोलुखुम्बु र संखुवासभाको सङ्गमस्थल साल्पापोखरी र सिलिचुङ डाँडाको प्रवर्द्धन गर्न महोत्सवको आयोजना गरिएको छ । साल्पासिलिछो गाउँपालिका–५ दोभानेमा रहेको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र साल्पापोखरी र सिलिचुङ डाँडाको प्रचारप्रसार तथा उक्त क्षेत्रमा आन्तरीक एंव बाह्य पर्यटक प्रवर्द्धनका लागि मेला, महोत्सव गरिएको हो ।

समुद्री सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको साल्पापोखरी र ४ हजार १ सय ५३ मिटरको उचाइमा रहेको सिलिचुङ डाँडा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा चर्चित भएपनि उक्त क्षेत्रमा पर्यटक आगमन थेरै भएकाले पर्यटक प्रर्वद्धनका लागि महोत्सव गरिएको हो ।

त्यस क्षेत्रको विकासका लागि साल्पासिलिचुङ संरक्षण तथा पर्यटन प्रवर्द्धन विकास केन्द्रले वर्षेनी वैशाख, भदौ, कात्तिक र फागुन महिना पूर्णिमाको तिथि पारेर विशेष मेला आयोजना गर्दै आएको केन्द्रका सदस्य वीरकुमार राईले जानकारी दिए । मंसीर १० गते लागेको मेलामा भलिबल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

पहिलोपटक सगरमाथा चढ्न जाँदा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले प्रयोग गरेको हिलारी मार्ग र मुन्धुम पदमार्ग हुदै यात्रा गर्ने उक्त क्षेत्रबाट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन सहित धार्मिक आस्था बोकेर मानिस उक्त क्षेत्रमा आउने गर्दछन् ।

साल्पा पोखरीमा आफ्नो मनोकामना पूरा हुने धार्मिक विश्वासले पूजाआजा गर्न धार्मिक पर्यटक त्यहाँ पुग्ने गरेका छन । साथै, यस क्षेत्रमा बोली नफुट्ने बालबालिकालाई बोली दिने, निःसन्तानलाई सन्तान दिने, आफ्नो भाकल पूरा गर्न परेवा उडाउने गरिन्छ ।

सिलिचुङ डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरा पिकलगायत हिमश्रृङ्खला र १४ प्रकारका गुराँसको जंगल, मुन्धुम पदमार्ग, धार्मिक मठमन्दिर, ऐतिहासिक गुम्बा, चौरीखर्क, मनोरम डाँडा, नदीनाला, वनजङ्गल, रेडपाण्डा लगायतका जीवजन्तु पाइन्छ ।

यसबाहेक विभिन्न बहुमूल्य जडीबुटीलगायत विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा आन्तरि तथा बाह्य पर्यटकहरु भित्र्याउन स्थानीयहरुले वर्षेनी धार्मिक तथा सांस्कृतिक मेला लगाउँदै आएका छन् ।

यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराई गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन गरेको ङोपा मचिन्द्र बहादुर राई र दिल बहादुर राईले बताए । साल्पापोखरीलाई किरात, हिन्दू, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा समेत मान्दै आइएको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल साल्पा पोखरी र सिलिचोङ डाँडामा पर्यटकको विकास अहिलेको आवश्यकता रहेको संघीय सांसद माया राईले बताइन् ।

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेले साल्पापोखरी र साल्पा सिलिचुङको पर्यटन प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।

साल्पा पोखरी तथा सिलिचुङ डाँडालाई नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र राखेर पर्यटन प्रर्वद्धन गर्न पहल गरेपनि अपेक्षित परिवर्तन भने भएको छैन ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ५ : १० बजे

संसद्‍बाट बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदन

काठमाडौं– प्रतिनिधिसभाले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि,

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित

प्रधानमन्त्री बालेनको राजीनामा माग्दै विद्यार्थी सडकमा (तस्बिरहरू)

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री

भारतको सहयोगमा झापामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं- भारत सरकारको आर्थिक सहयोगमा झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री

दयाहाङकै नायिका मिरूना !

काठमाडौं – पछिल्लो समय नेपाली सिने जगतमा यथार्थवादी फिल्म बन्ने