आज शनिबार, शनिदेवको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


990
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल पुस १४ गते तदनुसार सन् २०२३ डिसेम्बर ३० तारिख। पुस कृष्ण तृतिया शनिबार । आजको दिन विशेष केही चाडपर्व र उत्सव छैनन् ।

आज शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यको पुत्र हुन्। उनमा आमाको छाया छ। यमराज उनका भाइ हुन् र यमुना उनकी बहिनी हुन्।

जसले कडा परिश्रम, अनुशासनमा र धर्म पछ्याउने काम गर्दछ। उसको सम्मान गर्नुपर्दछ। शान्त रहन हरेक शनिबार तेल दान गर्नुपर्छ।

हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।

हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालीसाको पाठ गर्नुपर्दछ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ४६ बजे

तिब्बतमा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

काठमाडौं- चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको

जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले

धनगढी– बझाङको केदारस्युँ गाउँपालिका-१ की सविता बोहरालाई गर्भजाँच गरेको स्वास्थ्य

बलात्कारको मुद्दामा आशारामलाई सर्वोच्चले दियो अन्तरिम जमानत  

नयाँ दिल्ली– बलात्कार आरोपमा लामो समयदेखि जेलमा रहेका आशारामलाई भारतको

एमाले केन्द्रीय कमिटी बैठक : तेस्रो दिन पनि ओलीको प्रतिवेदनबारे बोल्दै नेताहरू

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा (एमाले)को आठौं केन्द्रीय कमिटी बैठक तेस्रो

भारतको सहयोगमा निर्मित म्याग्दीको क्याम्पस र छात्रावास हस्तान्तरण

काठमाडौं– भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पस भवन र