स्वरकी साम्राज्ञी तारादेवी | Khabarhub Khabarhub

स्वरकी साम्राज्ञी तारादेवी



भनिन्छ ‘बलिया बाङ्गा बाघलाई, बुढापाका माघलाई।’ माघले हामीलाई रोग दिनहिनता र कमजोरी मात्र दिएको छैन। २००२ साल माघ २ गते नेपाली स्वरकी साम्राज्ञी गायिका तारादेवी जस्तो एउटा समृद्ध र प्रतिभाशाली व्यक्तिको जन्म भएको थियो।

२००२ सालमा जन्मिएकी तारादेवी २०११ सालमा रेडियो नेपाल प्रवेश गरिसकेकी थिइन्। आफ्ना गुरु भैरवबहादुर थापाको औंला समातेर रेडियो नेपालमा पाइला टेकेकी तारादेवीले आफ्नै गुरुको शब्द र सङ्गीतमा गुरुसँग युगल गीत गाइन्। ‘तिमी र हामी भेटौला फूलबारी छेउमा’ कलकत्तामा यो गीतको रेकर्ड भएपछि तारादेवीलाई अर्को परिचय चाहिएन।

गीत संगीतमा तारादेवीको आगमनसँगै गाउने मान्छेको नाम तारादेवीबाहेक अर्को हुनै सक्दैन भन्ने पनि भयो। कयौँ मान्छेहरूले कोही घरमा गाउने मान्छे देखियो भने ओहो तारादेवी जस्तै भन्न थाले।

जुन समय तारादेवी सङ्गीत जगतमा प्रवेश भइन् त्यतिबेला धेरै कुरा ‘पर्फेक्ट’ थिएन। उनको स्वरलाई सङ्गीतका गुरुहरूले प्रभावकारी बनाउँदै लगे। तारादेवीले पनि त्यसरी नै नेपाली चेली, दिदीबहिनी, आमा–छोरीहरूको जीवनलाई आफ्नो स्वरबाट ‘पर्फेक्ट’ बनाउँदै लगिन्। ‘नथिङ इज पर्फेक्ट’ भन्ने कुरालाई तारादेवीले विस्तारै सच्याउँदै निलन्तर अगाडि बढिन्।

गीत संगीतमा तारादेवीको आगमनसँगै गाउने मान्छेको नाम तारादेवीबाहेक अर्को हुनै सक्दैन भन्ने पनि भयो। कयौँ मान्छेहरूले कोही घरमा गाउने मान्छे देखियो भने ओहो तारादेवी जस्तै भन्न थाले।

यो सम्मान भारतमा लता मङ्गेशकरलाई दिए जस्तै नेपालमा तारादेवीलाई दिइयो। फरक यति मात्रै हो, लता मङ्गेशकरले गायन यात्रा सुरु गर्दा भनेका जस्ता गुरु, भनेको जस्तो समय र प्रविधि पाइन्। तर त्यतिबेला नेपालमा त्यो सबै कुरा उपलब्ध थिएन।

देशमा व्यवस्था बदलिँदै थियो। राणा शासनपछि अर्को व्यवस्था त्यसपछि संसदीय दलको असफलतापछि पञ्चायती व्यवस्था। व्यवस्था गडबड भइरहेको बेला पनि तारादेवी जस्तो कलाकारले आफ्नो स्वर साधनालाई एउटा यात्रा निरन्तर अगाडि बढ्यो।

तारादेवीले आमा भएर छोरीहरूका लागि बाल गीतहरू गाइन्। छोरी भएर आमाहरूका लागि आधुनिक गीतमा स्वर दिइन्। दिदी भएर भाइका गीत गाइन्। सेनाका लागि, प्रहरीका लागि, भरियाका लागि गीत गाइन्। उनले सबै जात, धर्मका लागि गाउने एउटा गायिका बनेर परिचय स्थापित गरिन्।

म समीक्षा साप्ताहिक नामक पत्रिकाको लागि ‘सडक बोल्छ’ भन्ने स्तम्भका निम्ति उनको अन्तर्वार्ता लिन गएको थिएँ। मेरो प्रश्न थियो तारादेवी हुनुको पीडा के हो ? उनले त्यो बेला दिएको जवाफ धेरै वर्षपछि लता मङ्गेशकरले पनि त्यही भनेकी थिइन्, ‘म फेरि गायिका भएर जन्मिन नपरोस्।’ सायद तारादेवीले पनि गीत गाउँदा ती दुःख सकसहरू भोगेकी थिइन्।

नेपाली जनस्थानमा तारादेवीको गीत सुरु हुँदा के पहाड, के तराई, के नेपाल, के भारत, के बर्मा सबैतिर उनको चर्चा हुन्थ्यो। तारादेवीको स्वरलाई गहिरोसँग सुन्ने हो भने कुनै भारतीय अब्बल गायिका भन्दा कमजोर थिएन। तर जिम्मेवारी उनलाई धेरै थियो।

उनलाई लोक गीत, राष्ट्रिय गीत, आधुनिक र फिल्मी गीत गाउनु पर्ने हुन्थ्यो। रेडियो नेपालको जागिर पनि धान्नु पर्ने थियो। समय समयमा सेवाको करारमा सांस्कृतिक संस्थानमा पनि गएर गीत गाउनुपर्ने हुन्थ्यो । यी सबै संकटमा पनि तारादेवीले धेरै राम्रो गीत गाएकी हुन्। आफैले सङ्गीत पनि गरेकी छन्। तर गायिकाको रूपमा आफ्नो समर्पित व्यक्तित्व बनिरहेको बेला सङ्गीतकारको छविलाई अलिकति धमिलो बनायो।

राममान तृषितको बेलाका गीतहरूले आफ्नै सङ्गीतमा र राममान तृषितका गीतहरूलाई राममान तृषित कै सङ्गीतमा गाएका गीतहरू बिर्सन सकिने खालका छैनन्।

तारादेवीले नारायण गोपालसँग युगल गीत गाएकी छन्। माधव घिमिरेको रचनामा ‘फूलको थुंङ्गा बहेर गयो’ एउटा इतिहास नै बन्यो।

कथानक चलचित्र ‘आमा’ नामक फिल्ममा भी बलसाराको सङ्गीतमा पहिलो पटक पार्स गायिकाको रूपमा गीत गाएकी हुन्। यस अर्थमा उनी नेपाली चलचित्रको प्रथम पार्स गायिका हुन्। त्यसपछि उनले भी बलसाराको सङ्गीतमा हिजो आज भोलिमा पनि गाइन्। परिवर्तनमा पनि गीत गाएकी छन्। भी बलसारा जस्तो भारतको उत्कृष्ट सङ्गीतकारले तारादेवीलाई दोहोर्याउनुको अर्थ उनी एउटा सबल, सफल र सशक्त गायिका हो भन्ने कुराको पुष्टि हुन्छ।

शाही नेपाल चलचित्र संस्थानबाट ‘मनको बाँध’ बन्ने भएपछि नातिकाजी शिवशङ्करको सङ्गीतमा तारादेवीले धेरै राम्रा गीतहरू गाएकी थिइन्।

तारादेवीले नारायण गोपालसँग युगल गीत गाएकी छन्। माधव घिमिरेको रचनामा ‘फूलको थुंङ्गा बहेर गयो’ एउटा इतिहास नै बन्यो। अहिलेसम्म पनि कुनै गायिकाले आफूलाई स्वर परीक्षा दिनु पर्यो र स्टेजमा कुनै कार्यक्रम पहिलो पटक प्रस्तुत गर्नुपर्यो भने तारादेवी भन्ने बित्तिकै त्यही गीत सम्झिन्छन्। तारादेवीले नेपालमा नै बनेका कथानक चलचित्र सिन्दुर, जीवन रेखा, कुमारीमा गीत गाएकी छन्।

नेपालबाट बनेको पहिलो चलचित्र आमा फिल्ममा गाउने पनि तारा देवी नै थिइन्। पहिलो नेपाली रंगिन कथानक चलचित्र ‘कुमारी’मा शिवशङ्कर चन्द्रराज शर्माको सङ्गीतमा तारा देवीले किरण खरेलका गीतहरू माणिक रत्नसँग युगल पनि गाएकी छन्।

‘मनमा माया तनमा माया’ माणिक रत्नसँग गाएको युगल गीत थियो। ‘आँखाहरूले रुन नखोजे’ उनको सुस्त गीत थियो। त्यसपछि शाही नेपाल संस्थानको अर्को फिल्म सिन्दुरमा नातिकाजी, गोपाल योञ्जनको संयुक्त सङ्गीतमा ‘वनमा फुल्यो फुलै फूल’, ‘मलाई हाँसी देऊ नभन’, ’लुकूँ लुकूँ लाग्यो मलाई’ जस्ता गीत गाइन्।

शाही नेपाल प्रतिष्ठानबाट निर्मित फिल्म प्रकाश थापाको निर्देशनमा बनेको जीवन रेखामा पहिलो पटक अम्बर गुरुङको एकल सङ्गीतमा बनेको त्यो फिल्ममा सबै गीत तारा देवीले गाएकी छन्। प्रेमध्वज प्रधानसँग उनको चलचित्रको पहिलो युगल गायन थियो। ‘तिम्रो नाम अझै छ ओठमा’ स्लो गीत ‘को हुँ म के हुँ म’ हास्य गीतमा ‘हे मेरी बिजुली’ भन्ने उदित नारायण झासँग गाएकी छन्।

तार देवी एक समय एक युगमा एक पटक मात्र जन्मिने गायिका हुन्। २०६२ साल माघ ९ गते उनको मृत्यु भयो। धेरैले उहाँलाई सम्मान गरे। तर सरकारले  ठाउँमा पुर्याउनु पर्थ्यो त्यसको लागि ढिलो गरेको देखिन्छ।

यिनै गीतका कारण तारादेवीको स्वरमा धेरै नेपाली चलचित्रका नायिकाले नाच्न पाए। तारादेवीको स्वर नभएको भए मिनाक्षी आनन्द, सुस्मा शाही वा अन्य नायिकाहरूले पर्दामा त्यो जीवन्त अभिनय गर्ने सौभाग्य पाउने थिएनन्।

तरादेवीको स्वरमा अलिअलि लता मङ्गेशकर, अलि खाँण, आशा भोसले थियो। तारादेवी एउटै शैलीको मात्र होइन विविध शैलीका गीत गाउने गायिका थिइन्।

शिवशङ्करको सङ्गीतमा राममान तृषितको गीत ‘दिलमा हजुर आएर मात्रै मलाई थाहा भयो’ यो पनि चर्चित नै रह्यो। शिवशङ्करकै सङ्गीतमा ‘हिमालकी छोरी हुँ म’ यस्ता गीतहरूले उनलाई भव्य चर्चामा ल्यायो।

‘किन लग्यौ आशा चुँडेर’ बिर्सन सकिने गीत होइन। कति मधुरो सम्झना फेरि दोहोर्याएर गाउन सकिने गीत होइन।

तारादेवी आफ्नो युगमा युग सुहाउँदो गीत गाउने गायिका हुन्। यो कुरालाई आजसमेत समीक्षक स्वीकार गर्छन्।

तार देवी एक समय एक युगमा एक पटक मात्र जन्मिने गायिका हुन्। २०६२ साल माघ ९ गते उनको मृत्यु भयो। धेरैले उहाँलाई सम्मान गरे। तर सरकारले राष्ट्रका उच्च निकायले जुन ठाउँमा पुर्याउनु पर्थ्यो त्यसको लागि ढिलो गरेको देखिन्छ। माघ ९ गतेको जीवनसम्म आउँदा उनले धेरै सकस भोग्नु परेको थियो।

छोरालाई रगतको क्यान्सर, पति शिव श्रेष्ठको विमान दुर्घटनामा मृत्यु यी घटनाले तारादेवीको जीवन यातनापूर्ण भइरहेको थियो। त्योसँगै रेडियो नेपालमा उनले आफ्नो जागिरबाट अचानक अवकाश पाउनु परेको त्यो घातका कारणले ठुलो चोट परेको थियो।

तारादेवी आफ्नो युगमा युग सुहाउँदो गीत गाउने गायिका हुन्। यो कुरालाई आजसमेत समीक्षक स्वीकार गर्छन्। तारादेवीले आफ्नो युगका लागि मात्र होइन आफ्नो युग भन्दा पछि आउने पुस्ताका लागि पनि गीत गाएकी छन्।

तारादेवीले धेरै पुरुष गायकसँग युगल गीत गाएकी छन्। गायिकाहरूसँग पनि युगल गीत गाएकै छन्। दिलमाया खातीसँग ‘रातमा निन्द्रा छैन मलाई’ सहित उनका धेरै गीतहरू लोकप्रिय छन्।

आफ्नो पछिल्लो पुस्ताका गायकहरू प्रकाश श्रेष्ठ दीपक, उदित नारायण झासँग गाएका गीतहरू सर्वाधिक लोकप्रिय छन्। आफ्नो छोरा पुस्ताका संगीतकार अनिल शाहीको संगीतमा ’मुटु भित्र भित्र जस्तो’ पप गीत पनि उनले गाएकी छन्।

तारादेवीले धेरै पुरुष गायकसँग युगल गीत गाएकी छन्। गायिकाहरूसँग पनि युगल गीत गाएकै छन्। दिलमाया खातीसँग ‘रातमा निन्द्रा छैन मलाई’ सहित उनका धेरै गीतहरू लोकप्रिय छन्।

आफ्नो मित्र कृष्ण कन्दङवाको निमन्त्रणामा काठमाडौं घुम्न आएकी दार्जिलिङकी गायिका दिलमाया खातीले लता मङ्गेशकरको गीत गाएको सुनेर तारादेवी, शिवशंकर र नातिकाजीले उनलाई रेडियो नेपालमा गीत गाउन आउन आग्रह गरे। यसरी दिलमाया खाती रेडियो नेपालमा गायिका भएकी हुन्।

तारादेवीको आवाज स्वरको शैली देखेर शम्भुप्रसाद मिश्र कि छोरी मिरा मिश्रले एक पटक तारादेवी भेटाइदिनुहोस् भनेपछि मिश्रले गीत गाउने भए मात्र भेटाइदिन्छु भनेपछि मिराले तारादेवी हेर्ने लोभले रेडियो नेपालमा गाउने मौका पाइन्। उनी भन्छिन् ‘मैले तारा दिदीलाई भेट्न पर्खिदा एक दिन दिउँसै निदाएको छु।’

जुन दिन मिरा राणाले रेडियो नेपालमा गएर गीत गाइन तारादेवीले कुनै प्रतिक्रिया नगरेको देखेर मिरा राणाको मन खिन्न भयो। तारदेवीलाई त्यति बेला उनले घमन्डीको शय्या पनि दिइन्। तर जब गाउन थालेपछि गायनको यात्राअघि बढ्दै गएपछि मात्र मिरा राणाले तारा देवीले उनको परीक्षा लिइरहेकी थिइन् भन्ने बुझिन्।

चलचत्रि क्षेत्रमा तारादेवी
तारादेवीको चलचित्रको पाटो अवर्णनीय छ। नेपाली आधुनिक गीतको त्यो लामो समय अर्थात् २०११ देखि ०६४/६५ सम्मको तारादेवीको साङ्गीतिक यात्रा भुल्न सकिँदैन।

जुन समय तारादेवीले रेडियो नेपालमा गीत गाइन् त्यसबाहेक रेडियो नेपालका सङ्गीतकार नातिकाजी, शिवशङ्कर, कमल परियार, मदन परियार वा गणेश परियारबाहेक पनि दार्जिलिङबाट नेपाल घुम्न आएका बेला कर्म योञ्जनलाई भेटेकै दिन उनको गीत गाउँछु भनेर एकै दिन दुई गीत रेकर्ड गराए। मनबहादुर मुखियाको शब्दमा ‘चारैतिर फूलहरू फुलिसके’, ‘हजुर त छ’ भन्ने दुई गीत रेकर्ड गराए।

गीत मात्र गाएर जीवन धानेकी तारादेवीले जीवन पाल्नका निम्ति नेपाली बाहेक भारतका वा अन्य भाषाका गीतहरू गाइनन्। शुद्ध नेपालका लागि मात्र गीत गाएर उनले नेपाली संगीतमा समर्पित जीवन बिताइन्।

अम्बर गुरुङसँगको सहकार्य चलचित्रमा र गीति नाटक मालती मंगलेमा गीत गाइन्। त्यसमा मंगलेका सबै गीत नारायण गोपालले गाए भने मालतीका सबै गीत तारादेवीले गाइन्। तर काहीँ काहीँ मंगलेले गाउनु पर्ने गीतहरू नारायण गोपालले छोडिदिए। त्यस्ता हास्य गीतहरु अर्को कलाकारले गाए।

रमाइलो र अनौठो कुरा तारा देवी र नारायण गोपालको धेरै समय बोलचाल भएन। नमस्तेको शैली पनि थिएन। तर पनि युगल रोमान्टिक गीतहरू गाउने गर्दथे। तारादेवी हरेक नेपाली गायकको लागि एउटा मानक गायिका हुन्। तर समयले देशले र देशका त्यो बेला प्रशासनिक तहमा बस्ने व्यक्तिहरूले उनलाई बुझेनन्।

तारादेवीले रेडियो नेपालमा गीत गाएको समयमा रेडियो नेपालका प्रथम सङ्गीतकार कोइरीदेवी त्यही थिइन्।। कोइरीदेवीसँग पनि उनको आत्मीयता थियो। उनले कोइरीदेवीकै सङ्गीतमा गाएकी थिइन्। सङ्गीतकार नातिकाजीका शिवशङ्करका र नामै नचलेका कयौँ गीतकारका एक दुई गीत गाएर पनि तारादेवीले परिचित गराएकी थिइन्।

रमाइलो र अनौठो कुरा तारा देवी र नारायण गोपालको धेरै समय बोलचाल भएन। नमस्तेको शैली पनि थिएन। तर पनि युगल रोमान्टिक गीतहरू गाउने गर्दथे।

गीतको कुरामा तारादेवीले सङ्गीतकारको रूपमा शुभबहादुरको पहिलो ‘फुलै फूलको मौसम तिमीलाई’ रत्न शम्मशेर थापाको सिफारिसमा शुभबहादुरको सङ्गीतमा गाएकी थिइन्। जुन गीत सङ्गीतकार शुभबहादुरको परिचय नै बन्यो। त्यसपछि शुभ बहादुरका धेरै सङ्गीतमा ‘छाया जस्तै जहाँ गए पनि’ जस्ता गीतहरू पनि गाइन्।

गीत मात्र गाएर जीवन धानेकी तारादेवीले जीवन पाल्नका निम्ति नेपाली बाहेक भारतका वा अन्य भाषाका गीतहरू गाइनन्। शुद्ध नेपालका लागि मात्र गीत गाएर उनले नेपाली संगीतमा समर्पित जीवन बिताइन्। उनले नेवारी र भोजपुरी गीत गाइन्। जुन शुद्ध नेपालको लागि हुन्।

तारादेवी नेपालका सम्पूर्ण गायिकाहरूको एउटा आदर्श गायिका हुन्। उनले गीत गाउन सुरु गरेपछि गायिका दिलमाया खाती, अरुणा लामा, कमला श्रेष्ठ, निर्मला श्रेष्ठ हरेक गायिकाहरू सङ्गीतमा सहभागी भए।

हरेक किसिमका गीत हरेक क्षमताका साथ गाउने तारादेवीलाई बुझ्ने सङ्गीतकारहरू धेरै थिएँ। तर तारादेवीको स्वरमा आइरहेको ह्रासलाई सम्हाल्न सक्ने गुरुहरू त्यो बेला भएनन्। तारादेवीका पछिल्ला चरणका गीतहरू अलिकति चिच्याहटको रूपमा वा बोलाइ कम हुँदै गएको बेला सच्याइदिने मान्छेहरू भएनन्। तर उनले कयौँ सङ्गीकारका गीतलाई जुन न्याय गरेकी छन् त्यो अरु गायिकाहरूमा बिरलै पाइन्छ।

तारादेवी नेपालका सम्पूर्ण गायिकाहरूको एउटा आदर्श गायिका हुन्। उनले गीत गाउन सुरु गरेपछि गायिका दिलमाया खाती, अरुणा लामा, कमला श्रेष्ठ, निर्मला श्रेष्ठ हरेक गायिकाहरू उनलाई नै देखेर सङ्गीतमा सहभागी भए। तारादेवीको समयमा प्रतिस्पर्धा पनि थियो। उनको समयमा दुई जोडदार गायिका थिए। ती हुन् कमला श्रेष्ठ र सुशीला कंशाकार।

कमला श्रेष्ठले गाएको ‘नौ गेडीको माला मेरो’ यो गीत गाएर रेडियो नेपालमा प्रथम भएकी थिइन्। तर त्यो गीत पछि तारादेवीले गाइन्।

‘नआऊ जुन कोठामा’ भन्ने माणिक रत्नको गीतमा सुशीला कंशाकारको आलाप थियो सुरुमा रेडियो नेपालमा। त्यो गीत पछि तारादेवीको आलापमा पनि रेकर्ड भयो।

नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछिका जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको बर्मा भ्रमण हुँदा एउटा रमाइलो संयोग बन्यो। त्यहाँको कार्यक्रममा दियो बाल्न जाँदा त्यहाँकी एक युवतीतर्फ देखार गिरिजाप्रसादलाई यी बर्माकी तारादेवी भनेर परिचय गराए। त्यतिबेला गिरिजालाई एउटा गायिकालाई देश बाहिर पनि त्यसरी चिनिने रहेछ भनेर गजब लागेको हुनुपर्छ। त्यो सम्मान तारादेवीले पाएकी थिइन्। यस्तो सम्मान अरु गायिकाले बिरलै पाएको पाइन्छ।

तारादेवीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा गाएको गीत होस् वा माधव घिमिरेको रचना मालती मंगलेमा गाएको गीत होस्। यी गीतहरुले नयाँ आउने पुस्तालाई जे सिकाएको छ त्यो संगीतको एउटा ठुलो पाठशालामा पाइने पुस्तक हो।

तारादेवी यस्ती गायिका हुन् जसले गीतकार रत्नसम्शेर थापा, किरण खरेल, माधवप्रसाद खनाल भावुक, राममान तृषित, रमेश धिताल धेरै गीतकारका गीतलाई न्याय गरेकी छन् ।

तारदेवीले आफूपछि आएका गायक दीप श्रेष्ठसँग गाएको युगल गीत ‘मेरो सपनाको सदनमा तिमी’ दीप श्रेष्ठकै सङ्गीतमा एउटा उत्कृष्ट गीत मानिन्छ। तारादेवी यस्ती गायिका हुन् जसले गीतकार रत्नसम्शेर थापा, किरण खरेल, माधवप्रसाद खनाल भावुक, राममान तृषित, रमेश धिताल धेरै गीतकारका गीतलाई न्याय गरेकी छन् ।

शब्दलाई सही तरिकाले गाउने स्वर उच्चारणलाई ध्यान दिने तारादेवीको स्वर नेपालको पहाड, तराईं, उकाली, ओराली सबैतिर एकनाससँग गुन्जिन्छ। तर दुर्भाग्यवश सङ्गीतकार तारादेवीका गीतहरू कम नै रेकर्ड भए र कम नै चर्चा भए।

नेपालीजनकी प्रिय गायिका स्वर किन्नरी तारादेवीप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : २७ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने