पोखरामा बसको ठक्करबाट एक भारतीय महिलाको मृत्यु « Khabarhub

पोखरामा बसको ठक्करबाट एक भारतीय महिलाको मृत्यु


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसले ठक्कर दिँदा फुटपाथ व्यापार गर्दै आएकी भारतीय नागरिक इसरावती कुमारीको मृत्यु भएको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकका अनुसार बसले ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ९ बजेतिर ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमलालगायतका सामान व्यापार गर्ने इसरावती घाइते भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका तनहुँ म्याग्दे– ८ का रामजी गन्धर्व र पर्साकी चिजमायाँ गन्धर्वको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको छ ।  उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १२ : ०८ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर