प्यूठानमा धान उत्पादन बढ्यो | Khabarhub Khabarhub

प्यूठानमा धान उत्पादन बढ्यो


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– प्यूठानमा यस वर्ष धान उत्पादन वृद्धि भएपछि किसान खुसी भएका छन् । समयमै वर्षा, उन्नत जातको धानको बीउ छनोट र चैते धान दुई पटक खेती हुन थालेपछि जिल्लामा धान उत्पादनमा वृद्धि भएको हो । 

समान क्षेत्रफलमा दुई खेती धान र एक खेती गहुँ उत्पादन हुँदा बजारबाट चामल खरिद गर्न नपर्ने भएको ऐरावती गाउँपालिका–५ कि कृषक सम्झना राउतले बताइन्। गत वर्षको तुलनामा तीन हजार तीन सय ७० मेट्रिकटन बढी धान उत्पादन भएको जिल्लास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले जनाएको छ । प्युठानका केही फाँटहरुमा सीमित सिँचाइ सुविधा उपयोग गरी कृषकले चैते धान खेती गर्न थालेका छन् । 

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार गत वर्ष छ हजार एक सय ६५ हेक्टर क्षेत्रफलमा १८ हजार पाँच सय ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष २१ हजार नौ सय ६७ मेट्रिकटन धान उत्पादन भएको छ । 

जिल्लामा सबैभन्दा बढी प्यूठान नगरपालिका र सबैभन्दा कम नौबहिनी गाउँपालिकामा धान उत्पादन हुने गरेको कार्यालयका कृषि अर्थ विज्ञ एवं निमित्त कार्यालय प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । जिल्लामा चैते धानखेती, उन्नत जातका बीउको प्रयोग गर्न थालिएको र मौसमले पनि साथ दिएकाले उत्पादनमा वृद्धि आएको उनको भनाइ थियो ।

श्रेष्ठले भने, ‘प्यूठानका किसानले उन्नत जातका धानको बीउ प्रयोग गर्न थालेका छन् । यसले गर्दा चैते धान रोपेर दुई पटक भित्र्याउन सकिन्छ ।’किसानले खेतीमा नयाँ प्रविधिको प्रयोग थालेका उनले बताए। 

जिल्लाको प्यूठान नगरपालिका, मल्लरानी र ऐरावती गाउँपालिकाको ८० हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको श्रेष्ठले जानकारी दिए । प्यूठानमा धान उत्पादन वृद्धि तथा प्रोत्साहनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइले धान जोनका रुपमा काम गर्दै आइरहेको छ । 

धान उत्पादन वृद्धिका लागि यस वर्ष एक सय ५० हेक्टर बढीमा जमिनमा चैते धान लगाउने योजना रहेको कार्यालय प्रमुख कृषि अधिकृत चुमानसिंह गिरीले बताए। उनका अनुसार जिल्लामा किसानले चैते धानका रुपमा चैते पाँच, हर्दिनाथ–एकहर्दिनाथ-तीन, नियमित धानका रुपमा राधा-१२, राधा-१४, सावित्री, हर्दिनाथ-छ जातका धान प्रयोग गर्दै आएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चैते धान खेतीका लागि क्षेत्र विस्तार गरी उत्पादन बढाउन हर्दिनाथ–एकहर्दिनाथ–तीन लाई यस वर्षदेखि विस्तार गर्न लागिएको गिरीले बताए। उनका अनुसार जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर खेतीयोग्य जमिन भएकामा २२ हजार एक सय २५ हेक्टरमा खेती गरिन्छ । 

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  १ : ५१ बजे

गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

भक्तपुर– भक्तपुर नगरपालिका–१ घलातेमा आज सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च

बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी, व्यापार प्रवर्द्धन र हरित साझेदारीका लागि सम्झौता

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत

स्वाभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन् 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले श्रमप्रतिको सम्मान, उत्पादनमा आत्मनिर्भरता र स्वाभिमानी

इजरायली आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु, ५० घाइते

एजेन्सी – गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित

उपप्रधानमन्त्री महासेठले गरे मुग्लिन–पोखरा सडक अनुगमन

दमौली– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन