राष्ट्रियसभा उम्मेदवारको नाम सभापतिले कोटको खल्तीबाट ढ्याप्प निकाल्नुहुन्छ : गगन थापा « Khabarhub

राष्ट्रियसभा उम्मेदवारको नाम सभापतिले कोटको खल्तीबाट ढ्याप्प निकाल्नुहुन्छ : गगन थापा


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभा उम्मेदवारको नाम सभापतिले कोटको खल्तीमा राखेको र त्यहाँबाट नै नामहरू निस्कने बताएका छन् ।

उनले शनिबार भक्तपुरको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘राष्ट्रियसभामा प्रदेशलाई तीन जना छान भनेर पठाएको छ । प्रत्येकले ३ सय जनाको नाम पठाएको छ । कुल २१ सय मानिसको नाम छ ।’ महामन्त्री थापाले भने,,  ‘काँटछाँट गर्दा हजार पुग्छन् होला । सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ । खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ।’

प्रदेशले सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका हुन् ।

उनले अन्तिममा सभापतिले कोटको खल्तीबाट नाम निकाल्ने बताउँदै भने, ‘सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ । टाउको गन्ने हो । सभापतिज्यूले भनेपछि धन्यवाद भने भइहाल्छ ।’

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ५ : ५९ बजे

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत