फाइल तस्बिर

अन्तर्राष्ट्रिय

भारतसँगको सम्बन्ध थप सुदृढ हुँदै गएको छ : अमेरिकी विदेशमन्त्री

By खबरहब

December 30, 2023

वाशिङ्टन डीसी- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले भारतसँगको सम्बन्ध थप सुदृढ हुँदै गएको बताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले चारपक्षीय सुरक्षा संवाद ‘क्वाड’ का माध्यमबाट अमेरिकाले भारतसँगको साझेदारी थप सुदृढ बनाएको बताएका हुन् ।

क्वाडमा भारत र अमेरिकासँग अस्ट्रेलिया र जापान पनि सदस्य छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्र्रेस विज्ञप्तिमा हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको साझेदारी अहिलेसम्मकै मजबुत रहेको जनाइएको छ । उनले अमेरिकाले हाल बेलायत र अस्ट्रेलियासँग मिलेर आणविक पनडुब्बीको विकास गरिरहेको समेत जानकारी दिए ।

त्यसबाहेक भियतनाम र इण्डोनेशियासँग विस्तृत रणनीतिक साझेदारी सुरु गरिएको र फिलिपिन्ससँग नयाँ रक्षा साझेदारी सम्झौता गरिएको र फिलिपिन्स र जापानसँग त्रिपक्षीय साझेदारी अघि बढाइएको जानकारी दिए ।

त्यसबाहेक हालै प्रशान्त क्षेत्रका मुलुकहरु सोलोमन आइल्याण्ड र टोङ्गामा नयाँ राजदूतावास स्थापना गरेको पनि विदेशमन्त्री ब्लिङ्केनले बताए ।