वार्ताबाट समस्याको सुनुवाइ नभएपछि आन्दोलन | Khabarhub Khabarhub

वार्ताबाट समस्याको सुनुवाइ नभएपछि आन्दोलन

मेयर बालेनले घोषणापत्रमा सीमित भएर काम गर्नुपर्छ


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महानगरपालिकाको उपस्थितिप्रति तथा महानगरपालिकाले सर्वसाधारणको जमिनमा डोजर चलाइरहेको विषयले महानगरको आलोचना भइरहेको छ। महानगरका प्रमुख बालेन्द्र शाहको उपस्थितिलाई लिएर आन्दोलन छेडिएको हो। यसमा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको छ। हिजो मात्र पनि माइतीघर मण्डलामा महानगरपालिकाले बिना सूचना उपस्थितिविरुद्ध आन्दोलन चर्किएको हो। कुनै समयमा सुमन सायमी मेयर बालेन्द्र शाहप्रति सदासय देखाउँदै उनको विजयमा आफैं सहभागी भएका थिए। अहिले उनै सायमी मेयरविरुद्धको आन्दोलनमा सहभागी छन्। सुरुमा समर्थन गरेको मेयरविरुद्ध किन सडक संघर्षमा लाग्नु परेको ? खासमा के कुरामा बेथिति रहेको छ ? यी र यस्तै विषयमा आधारित रहेर सुमन सायमीसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

महानगरपालिकाले के अन्याय गरेर माइतीघरमा मानिसको भीड उतारियो ?
उहाँको योजना घोषणापत्र तथा शिक्षा स्वास्थ्य सबै कार्यमा राम्रो रहेको थियो। एकाएक अरुको निजी सम्पत्तिमा बिना आधार, बिना प्रमाण, बिना सूचना डोजर आतंक मच्चाएपछि आन्दोलन गर्नु परेको हो। महानगरले सविधानले दिएको अधिकार कुण्ठित गरेको छ। जनताको मौलिक हकमा धावा बालेको देखियो। त्यसपछि म शंखमुलमा रोक्न गएको थिएँ। त्यसपछि वार्ता पनि गरेको थिएँ। उहासँग पनि सल्लाह गरेर विस्तारमा सबैलाई सूचनाको माध्यमबाट सजक गराउन आग्रह गरेको थिएँ। वार्ता प्रभावकारी नभएपछि आन्दोलनमा उत्रिएका हौँ। उहाँलाई सचेत गराउने हाम्रो दात्यिव हो।

शंखमुलमा खास व्यक्तिगत सम्पत्ति माथि के भएको हो ?
जुन किसिमको सूचना दिनुपर्ने र आधार प्रमाणसहित जनतालाई जानकारी गराउनुपर्ने काम महानगरले गरेको छैन। त्यसमा कमजोर भएको अवस्था रहेको छ। सूचनापत्र माग्दा पनि नदिएको अवस्था थियो। जनताको प्रतिनिधि भएपछि जनताको कुरा सुन्नु आवश्यक हुन्छ। योजना राम्रो बनाउनु भयो तर बिना अध्ययनको योजना तथा बिना विकल्पको योजना ल्याएर हुँदैन। महानगरपालिकाले कर उठाउँछ। तर सुविधा भने छैन। अनि के गर्न खोजेको हो थाहा भएन। महानगरपालिकाले गर्नुपर्ने दायित्व बहन गर्नुपर्छ भनेर माइतीघर मण्डलाबाट आवाज उठाएका मात्र हौं।

चुनाव भएको नौ महिनामा केही राम्रा काम भएका छन्। शंखमुलका अवैध संरचना भत्काउँदा किन दुःख लागेको हो ?
आम नागरिकको मौलिक हकको हनन् कसैले गर्नु हुँदैन। सरकारले हामीसँग कर लिएपछि व्यवस्थापन गर्न सक्नुपर्छ। २०५० सालदेखिको मापदण्ड रहेका छन् कि त्यसलाई अधिग्रहण गरेर राख्नुपर्छ। रिङरोडको अधिग्रहण गरेको छ। त्यसमा केही समस्या भएको छैन। त्यो भएन भने जनता मारमा पर्छन्।

महानगरले यतिखेर कसैलाई काख र कसैलाई पाखा किन गरेको छ ?
सञ्चयकोष भवनमा जुन किसिमको नक्सा छैन भनेर भत्काइयो। त्यो काम मेयरको होइन लालपूर्जा भएपछि आफ्नो तरिकाले परिर्वतन गर्ने हो। त्यो कार्य कानुनले गरेकोमा सहि र सहज हुने जस्तो लाग्छ। उपचारको नाममा व्यावसायमाथि नै क्षति पुगेको छ। कतिपय लोनमा होलान त्यसको लागि टाउको दुख्ने काम भएको छ। उपचार गरेको शैली मिलेन मात्र भनेको हो। हामीले उहाँलाई बचाउन खोजेको हो। यसलाई विरोध गरेको भन्ने ठिक होइन। यसमा मेरो भन्नु केही पनि छैन।

खबरदारी सभाले कस्तो रुप लिन्छ ?
यो जुन किसिमको अभियान चलेको छ त्यो पुरानो नै रहेको छ। त्यो पदमा पनि जनताले नै लगेको हो। पछि गएर जनताको चाहना नबुझ्नु गलत हो। जनताको लागि विकास गर्ने हो। उनीहरुको गाँस, बासमा उठिबास लगाउने बालेनले कसरी व्यावस्थापन गर्नेतर्फ लाग्नुपर्छ। जनताको भलोको बारेमा सोधखोज गर्नु जरुरी रहेको छ। व्यावस्थापनको नै कमी रहेको अवस्था छ। टुँडिखेल के हो भनेर पनि अध्ययन गरेको छैन। टुँडिखेल एसियाको ओपन स्पेस हो। एउटा वातावरण सन्तुलन गर्न राखेको अवस्था छ। केही सल्लाह सुझाव र अध्ययन नगरी डोजर चलाउने काम गर्नु गलत भयो। यो कार्यले जनमानसमा तनावको अवस्था सिर्जना भएको छ।

डोजर चलाउदा धेरै मानिस खुशी देखिन्थेँ किन होला ?
तपाईंले भनेको म स्वीकार नै गर्छु। त्यति आँटिलो र इच्छा शक्ति भएको व्यक्ति त्यो गरिमामय पदमा आउनु भनेको धेरै राम्रो कुरा हो। दुःख मात्र यति हो उहाँले सविधानको नियम मिचेर काम गर्नुभयो। उहाँले व्यवस्थापन गर्नुपर्ने कुराहरु धेरै छन्। व्यवस्थापन पनि नगर्ने र गरिब राष्ट्रमा कति गरिब छ भनेर अध्ययन गर्नु आवश्यक छ। ७७ वटा जिल्लाका मानिसको बस्ने थलो उपत्यका हो। त्यसलाई विचार गर्नु जरुरी छ।

महानगरले गरेको कामप्रति तपाईंको चित्त दुखाई भनेको हचुवाको भरमा तोडफोड गरेकोमा हो ?
हो। नागरिकले पेट पाल्नको लागि बाटोमा बसेर पनि आफ्नो दैनिकी निर्वाह गरेका हुन्छन्। त्यो रोजीरोटी नै खोसिदिने काम त गर्नु भएन । त्यो भनेको नेपाली जनताको भावनामाथि खेलबाँड गरेको हो। यसको मुल जरो भनेको सरकार नै हो। जनताले मात्र दायित्व बहन गरेर हुँदैन त्यसमा सरकारको पनि साथ आवश्यक छ। सामाजिक परिवर्तन भने जनताले नै गर्नु आवस्यक छ। राजनीति भनेको व्यापार होइन, राजनीति भनेको जनताको सेवाको व्यवस्था हो। जनता र राष्ट्रबीच उत्तरदायित्व रहने हो भनेर व्याख्या मात्र होइन कार्यमा पनि लागू गर्नु जरुरी छ।

राजनीतिमा तपाईंलाई नपत्याएको कारण के हो ?
मलाई राजनीतिमा नपत्याको होइन। मलाई जुन मत दिएको थियो त्यो एकदम धेरै मत हो। म नजितेर दुःखी हुने खालको मत भने अवस्य होइन। जनताको मर्मलाई बुझेको मान्छेलाई मत दिनुपर्छ भनेर दिएको हो। समय र परिथितिले विस्तारै बुझाउछ जस्तो लाग्छ। अपडेट हुँदैछ त्यसमा म खुशी नै छु। मलाई त जग बलियो हुनु परेको छ जग नै बलियो नभई घर कसरी बलियो हुन्छ ? म आफूले आफूलाई गर्व गर्छु।

काठमाडौं महानगरपालिकामा बालेन्द्र शाहको जग राम्रो छैन ?
छैन। बालेनको जग राम्रो छैन। त्यस कारण नै अहिलेको समयमा धेरै दुख पाएको अवस्था रहेको छ। मान्छेले कर्म गरेर देखाउनु पर्छ भनिन्छ। कर्म नगरी फल पाइँदैन भनेर त्यो भनेको सत्य हो। जनताको चाहना विपरित कार्य गरेको भएर फल पनि त्यस अनुरुपको नै मिलेको छ।

प्रमुख भएर आएपछि काठमाडौंको मुहारमा सुन्दरता आउछ भनेको यो बिग्रदै गएको हो तथा नयाँ बन्न भत्किएको हो ?
हाम्रो पनि आशाको नै विषय रहेको थियो। महानगरको नेतृत्वमा इन्जिनियरको उपस्थिति खुशीको विषय थियो। यसमा हामीले भनेर केही पनि नहुने रहेछ। बालेन्द्रले क्षेत्राधिकार भित्र बसेर जनताको मौँलिक हक बुझेर संवैधानिक अधिकार अनुसार जानु आवस्यक छ। घोषणा पत्रमा लेखेका कार्य मात्र गरे पनि हुन्छ। जनतालाई ठूलो मार परेको अवस्था छ।

तपाईंको विचारमा हुनुपर्ने के थियो र के भइरहेको छ ?
काठमाडौंमा जनघनत्वको समस्या छ। महानगरपालिकाले बनाएको घोषणापत्रमा सीमित रहेर काम गर्नु भन्न चाहन्छु। सबै पक्षसँग समन्वय राम्रो हुनुपर्छ। प्रदेश सरकार, केन्द्रीय सरकार भएर राम्रोसँग योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तवार्ता)

प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ११ : १० बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।