लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम | Khabarhub Khabarhub

लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार : आईओएम


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमध्य सागरको बाटो भएर युरोपतर्फ जान खोज्ने ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले जनाएको छ ।

एक हप्ताको अवधिमा ३३१ जना आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जानकारी दिएको हो । सन् २०२३ को जनवरी २२ देखि जनवरी २८ सम्मको अवधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो आईओएमले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका समेत रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार एक सय ३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।

उत्तर अफ्रिकी तटबाट भूमध्य सागरको बाटो हुँदै युरोप प्रवेश गर्न खोज्ने १७ जना आप्रवासीको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएको आईओएमले जनाएको छ ।

सन् २०२२ मा कुल २४ हजार छ सय ८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले जनाएको छ । सन् २०२२ मा भूमध्य सागरीय मार्गमा ५ सय २९ आप्रवासीको मृत्यु भएको छ भने ८ सय ४८ जना बेपत्ता भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ०६ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा