शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका | Khabarhub Khabarhub

शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रामेछाप – विद्यार्थीको आकर्षण निजी विद्यालयतिर बढ्दै जान थालेपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि अभियान सुरु गरेको छ ।

उक्त अभियानअन्तर्गत विभिन्न विद्यालयमा शिक्षक तथा अभिभावकसँग अन्तरक्रियाका साथसाथै प्रधानाध्यापाक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई शिक्षाविद्मार्फत अनुशिक्षण दिन थालेको हो ।

सोही सन्दर्भमा उक्त गाउँपालिकाले प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्ने अठोटका साथ शिक्षाविद् डा विद्यानाथ कोइरालालाई पालिकामा ल्याएर शैक्षिक क्षेत्र सुधारका उपायका बारेमा दुई दिन अनुशिक्षण चलाएको हो । शिक्षा क्षेत्रका सुधारका लागि प्रयासरत यस पालिकाको आयोजना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासङ्घ केन्द्रीय समितिको सहजीकरणमा उक्त कार्यक्रम गरेको थियो ।

कार्यक्रममा पालिकाका अधिकांश विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ३८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका