नाक र घाँटीको समस्यालाई सामान्य भन्नु हुँदैन | Khabarhub Khabarhub

नाक र घाँटीको समस्यालाई सामान्य भन्नु हुँदैन

'जथाभावी मेडिकलबाट औषधि किनेर खानु गलत हो'


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

गर्मी विस्तारै बढ्दै गएको छ। जाडो महिना सकिने बेला र गर्मी सुरु हुने समयमा शरीरमा धेरै संक्रामक रोगसँगै विभिन्न सरुवा रोग लाग्ने गर्दछन्। घाँटी दुखेर खाना निल्न गाह्रो हुने, घाँटीको भाग सुन्निने र पानी समेत पिउन नसक्ने अवस्था हुन्छ। ज्वरो आउनु र पीडादायक खोकी लाग्नुसमेत यो समयका समस्या हुन्। अहिले काठमाडौंलगायत अन्य ठाउँमा धुलो, धुवाँ र फोहोरमैलाले प्रदूषणको विकराल रुप लिएको छ। सडकमा पैदल यात्रा अझ बढी स्वास्थ्यका लागि जोखिमपूर्ण छ। उपत्यकामा सवारी चलाउने चालकमा पनि धेरै घाँटी दुख्ने समस्या देखा परेको पाइन्छ। पछिल्लो समय घाँटीमा कस्ता–कस्ता समस्या देखिने गरेका छन् ? यसको रोकथाम र उपचार के हुनसक्छ ? भन्ने विषयमा आधारित रहेर खबरहबका लागि डा. दिपेन्द्र गौतमसँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय घाँटीमा कस्ता–कस्ता समस्या देखिने गरेका छन् ?
मौसम परिवर्तनसँगै स्वास्थ्यमा फरकफरक खालका समस्या देखिने गरेका छन्। पछिल्लो समय ज्वरो नआई घाँटी दुख्ने, खसखस हुने, खोकी लाग्ने, टन्सिल हुने जस्ता समस्या देखिन्छन्। धुलो धुवाँले पनि यस्ता समस्या हुन्छन्। नाकको पछाडिको भाग चिलाउने वा खसखस गर्ने समस्यासमेत धेरै देखिने गरेको छ। मानिसले घाँटीमा कुनै समस्या आयो भने सामान्य नै ठानेर खासै ध्यान दिँदैनन्। तातो पानी खाएर निको हुन्छ भन्ने हाम्रो चलन नै छ। तर यो समस्या भइरहन्छ र गला अवरुद्ध हुनेक्रम लामो समयसम्म चल्छ भने त्यसलाई सामान्य रुपमा लिनु हुँदैन। धेरैलाई घाँटीको इन्फेक्सन भएको हुनसक्छ।

यो समस्या कस्तो उमेर समूहमा धेरै देखा पर्दछ ?
धेरै धुम्रपान गर्ने मान्छेमा बढी नै यो समस्या देखिन्छ। छातिमा पहिला नै समस्या भएको मानिमा पनि घाँटी दुख्ने समस्या हुन्छ। धेरै जसो बच्चामा श्वास नली सानो हुने भएकोले उनीहरु पनि बढी घाँटी दुख्ने समस्याबाट पीडित हुन्छन्। युवा पुस्तामा भन्दा यो समस्या बुढापाकामा बढी नै देखिन्छ।

कस्तो लक्षण सामान्य र कस्तो जटिल हुन्छ ?
सामान्य रुपमा घाँटी दुखेको वा खसखसाएको छ भने त्यसलाई सामान्य औषाधिले नै निको हुन्छ। यसलाई सामान्य मान्न सकिन्छ। तर कसैलो घाँटी लगातार दुख्ने र केही हप्तासम्म खोकी लाग्ने समस्या हुनसक्छ। खकार बाक्लो पहेंलो अथवा फोहोर मिसिएको कालो आउने हुनसक्छ। त्यो अवस्थामा विशेष ध्यान दिनुपर्छ। टाउको दुख्ने, आँखाको मित्रीभाग दुख्ने, श्वास फेर्ने गाह्रो हुनेसम्म भयो भने यसलाई जटिल अवस्था भन्न सकिन्छ। यस्तो भएमा घरमा बसेर अनावश्यक औषाधि खानु हुँदैन। त्यसले थप समस्या निम्त्याउन सक्छ। तुरुन्त अस्पताल गएर रोगको पहिचान गरेर औषधि सुरु गर्नुपर्छ।

सामान्य समस्या हो भनेर मेडिकलमा पुगेर औषधि किन्ने धेरै छन्। यसले कस्तो जोखिम निम्त्याउँछ ?
नाकभित्र इन्डोस्कोपमार्फत् केही भएको नभएको वा पिनास ऐजेरु भएको छ कि छैन सबै हेरेर रोगको पहिचान गरिन्छ। सुरुमा सामान्य लागे पनि तीन–चार महिनापछि नाक भित्र एैजेरु पलाउन सक्छ। त्यसले गर्दा दुई वटै नाक बन्द हुने र पछि अप्रेसन गरेर त्यसलाई फाल्नु पर्ने हुन्छ। त्यसैले मेडिकलको औषधिले तत्कालको दुखाई कम गरे पनि दीर्घकालीन उपचार हुन सक्दैन। यसले हाम्रो शरीरमा रहेको प्रेसरलाई असर गर्नसक्छ। डाइबेटिज निर्माण हुनसक्ने शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुनेहुन्छ, त्यसैले जथाभावी औषधि खानु उपयुक्त हुँदैन।

यसबाट बच्न के गर्ने त ?
बिहान बेलुका वातावरण प्रदूषित हुन्छ। त्यो बेला धेरै बाहिर निस्कनु हुँदैन। बाहिर वा कुनै धुलो धुँवा भएको ठाउँमा जाँदा मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुपर्छ। रोग लाग्ने बित्तिकै उपचारमा जाने बानीको विकास गर्नुपर्छ। बिहान बेलुका तातो पानीले कुल्ला गर्नु राम्रो हुन्छ। जसले गर्दा इन्फेक्सन हुन पाउँदैन। बारम्बार मनतातो पानी पिउनुपर्छ। यसरी मनतातो पानी पिउनाले कफ जम्मा हुन पाउँदैन र घाँटी दुख्ने समस्यासमेत कम हुन्छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : १२ बजे

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र