कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्। उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीबाट पनि एमाले बाहिरिने करिब निश्चित जस्तै छ। कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४,माओवादीका १३ र एमालेका १० सांसद छन्। नेकपा एकीकृत समाजवादी(एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रका एक/एक सांसद छन्।

एमालेसहित,राप्रपा र नेकपा एससहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए।

अहिले एमाले र राप्रपाबाहेकको मत पाउने सम्भावना छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ४७ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा