कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै « Khabarhub

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ।

मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका शर्माले राप्रपाले समर्थन फिर्ता लिए पछि चैत १७ गते फेरि विश्वासको मत लिन लागेका हुन्। उनले बुधबार कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिएका छन्। प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीबाट पनि एमाले बाहिरिने करिब निश्चित जस्तै छ। कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४,माओवादीका १३ र एमालेका १० सांसद छन्। नेकपा एकीकृत समाजवादी(एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्रका एक/एक सांसद छन्।

एमालेसहित,राप्रपा र नेकपा एससहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए।

अहिले एमाले र राप्रपाबाहेकको मत पाउने सम्भावना छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ४७ बजे

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्कने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका

प्रधानमन्त्री प्रचण्ड आज तीन कार्यक्रममा सहभागी हुने 

मुम्बई – भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने  

काठमाडौँ – आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज जेठ २० गते शनिबारका

आज शनिबार, शनिदेवलाई खुशी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा