तरकारी र फलफूलको आजको मूल्य सार्वजनिक | Khabarhub Khabarhub

तरकारी र फलफूलको आजको मूल्य सार्वजनिक


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी तोकिएको छ । यसैगरी कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। हरियो अंगुर ११०, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १४० रुपैयाँ दर्जन पाइने छ।

कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ६० रुपैयाँ, रायोको साग ६०, तोरी साग ३० रुपैयाँ र रातो मुला ५० रुपैयाँ कायम भएको छ ।

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, खुर्सानी सुकेको ४५० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो र स्कूस ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।

यसैगरी, राजमा घिउ सिमी र तिते करेला ११० रुपैयाँ, प्याज हरियो ५० रुपैयाँ, सुकेको प्याज ३३ रुपैयाँ, भिण्डी १०० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ११० रुपैयाँ, हरियो धनियाँ ३० रुपैयाँ र कागती २६० रुपैयाँ प्रतिकेजी खरिद गर्न सकिने छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : १६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका