भरतपुरका सडकमा वृक्षरोपण « Khabarhub

भरतपुरका सडकमा वृक्षरोपण


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘जनताको रहर, हरित सहर’ कार्यक्रमअन्तर्गत भरतपुरका सडकमा वृक्षरोपण गरिएको छ । भरतपुरको बाइपास सडकअन्तर्गत विशालचोकबाट मालपोतचोकसम्मको ‘डिभाइडर’ मा वृक्षरोपण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले वृक्षरोपण शुभारम्भ गरिन् । सो क्रममा उनले भरतपुरका सयौँ किलोमिटर सडकलाई सौन्दर्यकरण गर्न प्राथमिकतामा राखेको उल्लेख गरिन् । महानगरले ‘एक घर दुई बिरुवा’ को नीति लिएर सुन्दर हरियाली सडक तथा वातावरणमैत्री सहरका रूपमा अगाडि बढाउँदै लगिएको प्रमुख दाहालले बताइन् ।

“यस क्षेत्रमा राष्ट्रिय तथा सामुदायिक वन भए पनि स्वच्छ र हराभरा सहरका रूपमा परिचत गराउन सहर क्षेत्रका सडकमा वृक्षरोपण गरिएको हो”, प्रमुख दाहालले भनिन् ।

कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले यस आर्थिक वर्षमा भरतपुरसहित २४ पालिकामा सहर केन्द्रित वृक्षरोपण कार्यक्रम सञ्चालन भएको जानकारी दिए । उनले सहरमा वृक्षरोपण गर्नाले चारदेखि पाँच डिग्रीसम्म तापक्रम न्यूनीकरण गर्न सकिने अध्ययनले देखाएकाले वृक्षरोपणलाई प्राथामिकता दिइएको औँल्याए ।

पौडेलले जनसङ्ख्याको वृद्धिसँगै वृक्षरोपणलाई पनि बढाउँदै सहरलाई सौन्दर्यकरण गरी हरित सहर निर्माणमा सबै जुट्नुपर्नेमा जोड दिए । विकसित सहरमा कुल बजेटको १५ प्रतिशत रकम हरियाली प्रवर्द्धनमा विनियोजन गर्ने परिपाटी रहेको उनको भनाइ थियो ।

भरतपुर बाइपास रोडमा भएका डिभाइडरमा भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा सजियम र बौगेनवेलियाका बिरुवा लगाइने छ ।

महानगरले छ लेन सडक, बाइपास र भित्री सडकमा हरियाली प्रवद्र्धन गर्ने नीति लिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाल, वडा सदस्य ऋषि थापालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : २६ बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ