भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह « Khabarhub

भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झन्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए ।

उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्य लाभ गरेका छन् ।

उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कोरोना परीक्षण गरिएको छ ।

केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कोरोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकता दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : २७ बजे

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक

प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक