मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी « Khabarhub

मेक्सिकोको अध्यागमन हिरासतमा आगलागी प्रकरण : छ जनाविरुद्ध पक्राउ पुर्जी जारी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मेक्सिको- मेक्सिकोको अदालतले अमेरिकासँगको सीमावर्ती शहर सिउदाद ह्वारेजको अध्यागमन हिरासतमा हालै भएको आगजनीको घटनालाई बेवास्ता गरेको अभियोगमा छ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कार्यालयका तीन जना अधिकारी र सुरक्षा गार्डविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको सङ्घीय अभियोजकहरूले बताएका छन् । उनीहरूले हालसम्म पाँच जनालाई पक्राउ गरिएको जानकारी पनि दिएका छन् ।

यसै साता ह्वारेजको अध्यागमन हिरासतमा मध्य तथा  दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको जलेर मृत्यु भएको थियो भने सत्ताइस जनाभन्दा बढी गम्भीर घाइते भएका थिए ।

हिरासतमा रहेका आप्रवासीले आफूहरूलाई देश निकाला गरिने जानकारी पाएपछि गद्दा जलाएर विरोध गर्दा उक्त घटना भएको थियो । अध्यागमन अधिकारी र सुरक्षाकर्मी आगो लागेको देखे पनि त्यसलाई बेवास्ता गर्दै आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

आगलागीमा  ज्यान गुमाउने तथा घाइते हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका नागरिक छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ४३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको