ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने « Khabarhub

ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।

व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य संकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको जनाइएको छ ।

सम्मेलनमा सम्बन्धित विषयका विज्ञद्वारा समकालीन खोज र अध्ययनमा आआफ्नो विचार पनि प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । गत वर्षको सम्मेलनमा विभिन्न १३ वटा शैक्षिक संस्थाका ३९ भन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुतीकरण गरेका थिए । दुई सयभन्दा बढीको सहभागिता रहेको कलेजले जनाएको छ ।

यस वर्ष ५० जनाभन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने आशा गरिएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई वहुआयामिक अनुसन्धानात्मक गतिविधिमा संलग्न हुन प्रेरित गरिने आयोजक समितिको विश्वास छ ।

सम्मेलनमा सहभागी हुन वैशाख ३१, २०८० सम्ममा सहभागीले आफ्नो निष्कर्ष पेस गरिसक्नु पर्ने कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बताए । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानमूलक लेख ख्वप कलेजको ख्वप जर्नल’मा प्रकाशित गरिने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ३७ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष