ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने « Khabarhub

ख्वप कलेजमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ ।

व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य संकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको जनाइएको छ ।

सम्मेलनमा सम्बन्धित विषयका विज्ञद्वारा समकालीन खोज र अध्ययनमा आआफ्नो विचार पनि प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । गत वर्षको सम्मेलनमा विभिन्न १३ वटा शैक्षिक संस्थाका ३९ भन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुतीकरण गरेका थिए । दुई सयभन्दा बढीको सहभागिता रहेको कलेजले जनाएको छ ।

यस वर्ष ५० जनाभन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने आशा गरिएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई वहुआयामिक अनुसन्धानात्मक गतिविधिमा संलग्न हुन प्रेरित गरिने आयोजक समितिको विश्वास छ ।

सम्मेलनमा सहभागी हुन वैशाख ३१, २०८० सम्ममा सहभागीले आफ्नो निष्कर्ष पेस गरिसक्नु पर्ने कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बताए । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानमूलक लेख ख्वप कलेजको ख्वप जर्नल’मा प्रकाशित गरिने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ३७ बजे

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को