चिनियाँ राष्ट्रपतिलाई युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको छु : स्पेनी प्रधानमन्त्री सान्चेज « Khabarhub

चिनियाँ राष्ट्रपतिलाई युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको छु : स्पेनी प्रधानमन्त्री सान्चेज


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई आफूले युक्रेनी समकक्षीसँग वार्ता गर्न आग्रह गरेको बताएका छन् ।

बेइजिङस्थित स्पेनी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री सान्चेजले युक्रेन जारी युद्धबारे आफूले सी र अन्य शीर्ष चिनियाँ अधिकारीसँगको भेटमा ‘चीनको अडान’ बारे छलफल गरेको बताएका हुन् ।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली सङ्घ (ईयू) को शान्ति र कल्याणका लागि बहुपक्षीय परियोजनालाई कमजोर बनाउन खोजेको आरोप पनि लगाए ।

“मैले राष्ट्रपति सीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग युक्रेनी सरकारको यो शान्ति योजनाबारे प्रत्यक्ष जानकारी लिन कुराकानी गर्न प्रोत्साहित गरें,” सान्चेजले भने ।

जेलेन्स्कीले पटक–पटक सीसँग वार्ताका लागि आफू तयार रहेको बताउँदै आएका छन् । तर पुटिनसँग पटक–पटक वार्ता भए पनि चिनियाँ नेताले युक्रेनसँगको छलफलका लागि अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बेइजिङले गत महिना युक्रेनको सङ्कटको ‘राजनीतिक समाधान’ का लागि १२ बुँदे कार्यपत्र सार्वजनिक गरेको थियो । युक्रेनका सहयोगीहरूले तुरुन्तै यो दस्तावेजमाथि शङ्का गरेका थिए भने यसलाई युक्रेनले स्वागत गरेको थियो ।

सान्चेजले शुक्रबार द्वन्द्वमा आणविक हतियारको प्रयोगको विरोध गर्ने बेइजिङको अडान र ‘क्षेत्रीय अखण्डता’ का लागि चीनको घोषित समर्थनको पनि स्वागत गरेका थिए ।

उनले भने, “चीन सरकारले युक्रेनमा शान्ति स्थापना गर्न गरेको प्रयासलाई म स्वागत गर्दछु ।”

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ६ : ५६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका