इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्ने « Khabarhub

इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्ने


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डोनेसियाले भारतसँग २ सय मिलियन डलर बराबरको क्षेप्यास्त्र खरिद गर्ने भएको छ । दक्षिण चीन सागरमा चीनको प्रभाव बढिरहेको अवस्थामा इण्डोनेसियाले भारतसँग क्षेप्यास्त्र खरिद गर्न लागेको हो ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार इण्डोनेसियाले भारतसँग ब्रह्मोस क्रुज क्षेप्यास्त्र खरिद गर्ने तयारी गरिरहेको छ । भारतको रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले यही वर्षभित्र इण्डोनेसियालाई सुपरसोनिक क्रुज क्षेप्यास्त्र बिक्री गर्नेबारे औपचारिक घोषणा गर्ने बताइएको छ ।

इण्डोनेसियाले लामो समयदेखि भारतसँग ब्रह्मोस क्रुज मिसाइल खरिद गर्ने प्रयास गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यता ब्रह्मोस एयरोस्पेसका प्रमुख कार्यकारी अधिकारी अतुल डी. राणेले आफ्नो कम्पनीले दक्षिण पूर्व एसियामा आफ्नो उपस्थिति विस्तार गर्न खोजिरहेको बताएका छन् । ब्रह्मोस भारत र रुसको संयुक्त लगानीमा निर्मित क्रुज मिसाइल हो ।

यसअघि इण्डोनेसियाको छिमेकी फिलिपिन्सले पनि भारतसँग ब्रह्मोस क्षेप्यास्त्र खरिदबारे ३७५ मिलियन डलर बराबरको सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : ५९ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा