महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ | Khabarhub Khabarhub

महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महिला चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले तीन महिलालाई छुट्टाछुट्टै ठाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ ।

आफ्नो पूर्वप्रेमीसँग भएको गोप्य कुराकानी तथा फोटा आफ्नो हुने वाला श्रीमानको म्यासेञ्जरमा पठाई चरित्रहत्या गरेको आरोपमा ब्यूरोले जुम्ला घर भई हाल काठमाडौँको नेपालटार बस्ने १९ वर्षकी देवकी न्यौपानेलाई पक्राउ गरेको छ ।

पीडितको जाहेरीपछि ब्युरोले गरेको अनुसन्धानमा उक्त कार्यमा संलग्न रहेको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अदालतबाट आजै सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

अर्को घटनामा अनलाइनबाट आफू र साथीको फोटो इडिट गरी फेसबुकमा सार्वजनिक गरेको भन्ने पीडितको आरोपमा काठमाडौँको कोटेश्वर बस्ने मुना त्रिताललाई पनि पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

निवेदकको फेक प्रोफाइल बनाई अश्लील संवाद गर्नुका साथै सामाजिक सञ्जालबाट बदनाम गराउने गरी भिडियो प्रदर्शन गरेकाले अर्की एक महिलालाई पनि ब्यूरोले पक्राउ गरेर आज सार्वजनिक गरेको छ । पक्राउ गर्नेमा गोरखा घर भई काठमाडौँको बूढानीलकण्ठ बस्ने ३९ वर्षकी उर्मिला घिमिरे रहेकी छन् । तीनै वटा घटनामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ५३ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको