थाइल्यान्डले पर्खिएको पिटा सत्ता | Khabarhub Khabarhub

थाइल्यान्डले पर्खिएको पिटा सत्ता


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

पिटा लाम्जोननारेट टिपिकल थाई राजनीतिज्ञ होइनन्। जुन, देशका क्याबिनेट मन्त्रीको औसत उमेर ६५ वर्षको छ। त्यही देशमा ४२ वर्ष पनि पुरा नभएका यी राजनीतिज्ञको आत्मविश्वास अचम्मको छ।

थाइल्यान्डमा सम्पन्न निर्वाचनमा अविश्वसनीय परिणाम आएपछि हलचल मात्र आएन, ७८ वर्षको इतिहासमा उनका सामु कान्छो प्रधानमन्त्री हुने अवसरसमेत प्राप्त गर्यो। उनैले आधुनिक थाइल्यान्डका राजनीतिमा स्थापित सबै मिथकलाई भताभुङ्ग नै पारिदिए।

लामो समयदेखि थाइल्यान्डमा सत्ता चलाएको तथा यसै निर्वाचनमा पहिलो हुने अपेक्षा गरिए पनि दोस्रो भएको पेउ थाईसँग नै पिटाको दल मुभ फरवार्डको सहकार्यको सम्भावना बढेको छ। यी दुई को गठ जोड कसरी अगाडि जान्छ भन्ने कुराले धेरै अर्थ राख्छ।

सन् २०१४ मा सेनाको हस्तक्षेप भएर शासन सत्ता गुमे पनि लामो समय पेउ थाइले थाइल्यान्डमा शासन गरेको थियो। सो दलले आफूलाई प्रगतिशील भएको दाबी गरीरहेको छ। मुभ फरवार्ड त प्रगतिशील भएको मुद्दासहित छोटो समयमा नै स्थापित भएको हो।

पेउ थाईलाई चुनावमा हराउने क्रममा मुभ फरवार्डले पुरानो ढर्राको पार्टी भएको चर्चा धेरै नै चलाएको थियो। यसै मुद्दा उठाएर पेउ थाईका शीर्ष नेतालाई मुभ फरवार्डका धेरै नेताले हराएका थिए। सामाजिक सञ्जालमा नै उनीहरूले चुनावी अभियान चलाएका थिए। अभियान यसरी अगाडि बढेको थियो कि पेउ थाईका धेरै पुरानो नेताहरू चुनावकै समयमा अक्क न बक्क परेर मुभ फरवार्डको अभियानको अघि हार खाएका थिए।

पुराना सबै मिथक भत्काइ दिने बाचा नै पिटाले चुनावको समयमा गरेका थिए। ‘म अलि फरक खालको मान्छे हुँ’, पिटाले भने, ‘म चाँडो सत्तामा जान या प्रधानमन्त्री बन्न गठबन्धनमा जोड दिन्न। संसारले परिवर्तनको आभास गर्ने गरी केही गर्नका लागि सहयात्रा गर्ने गरी गठबन्धन गर्न चाहन्छु।’

नमिल्दो कुरा मिलाउन खोजियो भने केही समयका लागि बलियो देखिए पनि सधैँका लागि बलियो हुने कुरै भएन। उनले भने, ‘यस कारण अब थाइल्यान्डका हरेक व्यक्ति सुधारिन जरुरी छ र हरेक राजनीतिक दल पनि सुधारिन आवश्यक छ।’ उनले पुरानो ढर्राको गठबन्धन नहुन तथा जोसँग भए पनि नयाँ ढङ्गले कार्यक्रम अघि लिएर जाने कुरामा सहमति जनाउने गरी नयाँ सरकार गठन हुने कुरा बताए।

उनले थाइल्यान्डमा आफू विशेष व्यक्ति भएर कहिले पनि नबस्ने बताइसकेका छन्। सडकमा अन्य व्यक्ति जस्तै खाजा खाने र मोटरसाइकल मै यात्रा गर्ने उनको आदत यथावतै रहने छ।

पिटाको जन्म धनी थाई परिवारमा भएको थियो। उनले न्युजील्यान्डमा सुरुमा अध्ययन गरेका थिए। पछि उनी अमेरिका पुगेका थिए। उनको परिवारले चामलको व्यापार गर्छ। त्यस पछि उनी अर्को कम्पनीमा कार्यकारी भए। उनी सामान्य जीवन बिताउने न्युजील्यान्डका जाकिन्डा अर्काडान तथा उरुग्वेका जेसे पेप मुजीकालाई आदर्श ठान्छन्।

थाइल्यान्डको संसदीय इतिहासमै मुभ फरवार्डले अहिले सबैभन्दा क्रान्तिकारी एजेन्डा ल्याएको हो। सैन्य सरकारले राखेका बन्देज हटाउँदै एलजीबीटीक्युको विवाहलाई अन्यको जस्तै मान्यता दिने निर्णय गरिएको छ।

व्यावसायिक सुधारको कुरा उठाइएका थिए भने २१ औं शताब्दीमा प्रतिस्पर्धा गर्ने शिक्षाको कुरासँगै राजसंस्था र संसदीय दलको बिचको शक्तिको कुरा पनि उठाएका छन्। थाइल्यान्डको राज संस्थाको आलोचना गर्न नपाइने नियम भए पनि उनले आलोचना गर्न पाइने कुरा उठाएका छन्।

सेनाबाट मनोनीत गरिएका २ सय ५० जना सांसदले अर्को साता हुने प्रधानमन्त्री निर्वाचनमा आफूहरू सहभागी हुन पाउने माग गरिरहेका छन्। उनीहरूले जसरी भए पनि मुभ फरवार्डलाई सरकार बनाउन रोक लगाउने कुरा जनाउँदै आएका छन्।

उनले राजसंस्थाका बारे लादिएका पुराना धारणा २१ औं शताब्दीमा मान्य नुहुने बताउँदै संवैधानिक राजसंस्थासम्मको कुरा मान्ने सकिने बताएका छन्। मुभ फरवार्डको गठबन्धनले तल्लो संसद्का ५०० सिटमध्ये ३ सय १२ आफ्नो पक्षमा राखेको छ। उसलाई सुपर मेजरीटीका लागि थप ६४ जना सांसदको साथ चाहिएको छ।

अहिले परम्परागत पार्टीका लागि मुभ फरवार्डसँग सम्झौता गर्न पनि कठिनाइ भने पक्कै छ, लामो समयदेखि एउटा सोचमा रहेका उनीहरू मुभ फरवार्डले ल्याएको एकदमै क्रान्तिकारी कार्यक्रमको अघि आफ्नो भूमिका प्रस्ट पार्न नै सकी रहेका छैनन्। मुभ फरवार्डले विदेश नीतिमा समेत फरक धारणा ल्याइ सकेको छ।

सेनाको सरकार भएको समयदेखि थाइल्यान्डको वैदेशिक सम्बन्ध खुम्चिएको थियो। अहिले यसलाई सुधार गर्नु मुख्य जिम्मेवारी बनेको छ। उनले संयमित रूपले आफ्नो पनि स्थान बनाऊ र हैसियत राख्ने अवस्था भएपछि मात्र अन्तर्राष्ट्रिय समुदायसँग कुरा राख्न सकिने बताएका छन्।

‘हाम्रा धेरै समस्याहरू, चाहे त्यो हावा प्रदूषण होस या आर्थिक होस्। यो अन्तर्राष्ट्रिय समुदायबाट नै आउँछन्’, पिटाले भने। उनले दक्षिण पूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियन)सँग मिले काम गर्ने बताएका छन्। पिटाले म्यानमारको गृह युद्धको बारे अन्तर्राष्ट्रिय क्षेत्रमा कुरा उठाउने बताएका छन्। साथै उनले थाई म्यानमार सिमानामा धेरै सहयोग हस्तान्तरण गर्ने योजना बनाएका छन्।

यस पटक पेउ थाईसँगको संसदीय सहमति नै मुभ फरवार्डको सफलताको एउटा मुख्य आधार हो। सो दलले मुभ फरवार्डको भन्दा १० सिट मात्र कम जितेको हो। पेउ थाइले महत्त्वपूर्ण मन्त्रालयको माग गरी रहेको छ। उसले सभामुख पनि मागी रहेको छ।

मुभ फरवार्ड पहिलो पटक प्रधानमन्त्री बन्ने अभियानमा छ। धेरै जना सांसद मुस्किलले ३५ वर्षको थ्रेसहोल्ड त पार गर्न सफल भएका छन्। तर, विगतमा गरेको गतिविधिका कारण जुनसुकै समयमा अपराधी आरोप लाग्ने गरी मुद्दा ब्युँतन पनि सक्छ।

पेउ थाईको सबै कुरा मुभ फरवार्डसँग सहमति हुनसक्छ। तथापि राजकीय कुरामा यी दुईको बीचमा ठूलो दुरी छ। त्यो दुरी नै अबको गठबन्धनको मुख्य समस्या हो। पिटा आफ्नो अभियानमा असफल हुने गरी सत्तामा नजाने बताउँछन्। उनी सत्तामा असफल हुनु भन्दा प्रतिपक्षमा नै बस्नु ठिक भएको बताउँछन्।

थाइल्यान्डका यी सबै संरचना र अबको बाटो नयाँ सरकारको गठनको विषय अर्को साता सकिने छ। धेरै सम्भावना मुभ फरवार्डको नेतृत्वमा पेउ थाई सहितको सरकार हो। तथापि लामो समय यसको यात्रा भने कठिन नै छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ३६ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी