युनिक लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन | Khabarhub Khabarhub

युनिक लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन हो।

लगानीकर्ताले बुधबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। यस कम्पनीले जेठ ११ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ बिक्रीमा ल्याएको हो।

यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरिएको छ। सीडीएस एन्ड क्लियरिङका अनुसार जेठ १६ गते साँझ ५ः०२ बजेसम्ममा कुल १२ लाख ८५ हजार २२६ जनाले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा ३९.४३ गुणा बढी आवेदन हो।

युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ। केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो। यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १० : ५९ बजे

पृथ्वीराजमार्गमा सवारी दुर्घटना : पाँचजना गम्भीर

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा

युभेन्टसको प्रशिक्षक बने थियागो मोटा

काठमाडौं- थियागो मोटा इटालीयन क्लब युभेन्टसको मुख्य प्रशिक्षक नियुक्त भएका

ब्रिटिस एयरवेजको विमान ९ घण्टाको उडानपछि पुन: लण्डन फर्कियो, यात्रु सुरक्षित

काठमाडौं- ब्रिटिस एयरवेजको एउटा उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा

सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै

काठमाडौं– सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले शुक्रबारदेखि अवकाश पाउँदैछन्। सर्वोच्च

अमेरिकी क्रिकेटलाई चर्चामा ल्याउने दुई भारतीय

सौरभ नेत्रवालकरले सुपर ओभरमा गरेको सनसनीपूर्ण प्रदर्शनले अमेरिकाले पाकिस्तानलाई हरायो।