अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी भेटियो « Khabarhub

अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी भेटियो


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्मको हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् ।

असीको दशकमा भेटिएका ती जीवाश्मका हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको बताएका छन् ।

हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन् ।

“यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पपहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,” पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ४ : ४२ बजे

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष