नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत « Khabarhub

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपराह्न अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यससँगै प्रधानमन्त्री प्रचण्डले अरु उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन् ।

बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यतालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ४ : ४५ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा