नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत « Khabarhub

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपराह्न अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यससँगै प्रधानमन्त्री प्रचण्डले अरु उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन् ।

बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यतालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ४ : ४५ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान