अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो | Khabarhub Khabarhub

अमेरिका नेतृत्वको सामुद्रिक गठबन्धनबाट यूएई बाहिरियो


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अबु धाबी- संयुक्त अरब इमिरेट्स (यूएई) विश्वव्यापी तेल व्यापारका लागि महत्वपूर्ण मानिएको खाडी क्षेत्रमा जलमार्गको सुरक्षाको जिम्मा पाएको अमेरिकी नेतृत्वको सामुद्रिक गठबन्धनबाट बाहिरिएको छ ।

यूएईले दुई महिनाअघि ३८ सदस्यीय संयुक्त सामुद्रिक सेनामा आफ्नो सहभागिता फिर्ता लिएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सबै साझेदारहरूसँग प्रभावकारी सुरक्षा सहयोगको हाम्रो जारी मूल्याङ्कनको परिणामस्वरूप यूएईले संयुक्त समुद्री बलमा आफ्नो सहभागिता फिर्ता लिएको थियो,” यूएईको राज्य सञ्चालित समाचार संस्था डब्ल्यूएएमद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

सुरुमा १२ राष्ट्रहरूबीचको साझेदारीको रूपमा स्थापना गरिएको बहराइनमा मुख्यालय रहेको सीएमएफको स्थापना सन् २००१ मा भएको थियो । यो महत्वपूर्ण तर समस्याग्रस्त खाडीको जलक्षेत्रमा पनि सक्रिय छ, जहाँ हालैका महिनाहरूमा मालवाहक ट्याङ्कर र पानीजहाजको पारवहनमा समस्या उत्पन्न भएको थियो ।

सीएमएफका एक प्रवक्ताले यूएईले सहभागिता रोकेपनि साझेदार राष्ट्रका रुपमा रहेको बताएका छन् । “सीएमएफमा अझै पनि ३८ साझेदार राष्ट्र छन्, जसमध्ये यूएई एक हो,” कमान्डर टिमोथी हकिन्सले एएफपीसँग भने ।

इरानले अप्रिलको अन्त्य र मे महिनाको सुरुमा एक हप्तामा दुबई र फुजैराह बन्दरगाहबीच यात्रा गरिरहेका दुई वटा ट्याङ्कर र एउटा खाली जहाजको पारवहनमा समस्या उत्पन्न गरेको थियो ।

इरानमाथि सन् २०२२ को नोभेम्बरमा इजरायलको स्वामित्वमा रहेको ट्याङ्करमा ड्रोन आक्रमण गरेको आरोप लागेको थियो ।

यसै महिनाको सुरुमा अमेरिकाले इरानको बढ्दो उत्पीडनको कारण विश्वको कम्तीमा एक तिहाइ समुद्री तेल बोक्ने खाडीमा थप बल पठाउन लागेको बताएको थियो ।

अमेरिकी नौसेनाको पाँचौं टुकडीका सहकमान्डर एडमिरल ब्राड कूपरपछि बेलायती र फ्रान्सेली नौसैनिक कमान्डरका साथ गाइडेड मिसाइल विध्वंसकमा ‘स्ट्रेट अफ होर्मुज’ हुँदै गएका थिए ।

जवाफमा इरानले छिमेकी देशसँगको सहकार्यमा खाडीको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको बताएको छ ।

यूएई आफ्नो समुद्रमा जहाज आवागमन नियन्त्रण र निगरानी सुनिश्चित गर्न जिम्मेवारीपूर्वक प्रतिबद्ध छ,” यूएईको विज्ञप्तिमा भनिएको छ । प्रमुख तेल निर्यातकर्तामध्ये एक यूएई ‘शान्तिपूर्ण वार्ता र कूटनीतिक संलग्नताको लागि प्रतिबद्ध’ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ६ : १४ बजे

‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गत भाद्र

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को

सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न दुई पक्राउ

नेपालगञ्ज – बाँकेका सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको

दुर्गा प्रसाईंले भने : नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भइरहेको छ

काठमाडौं – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत

मोदीको जन्मदिनमा ट्रम्पसँग फोनवार्ता, रुस–युक्रेन युद्धबारे छलफल

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई