बम विष्फोटमा परी खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन आयोगको सिफारिस « Khabarhub

बम विष्फोटमा परी खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन आयोगको सिफारिस


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालमा बिछ्याइएको बम विष्फोटमा परी खुट्टा गुमाएकी खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी शान्तादेवी बञ्जरालाई तीन लाख क्षतिपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको छ ।

आयोगले द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको माइन विष्फोट हुँदा २०६४ चैत १० गते देब्रे खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको हो । बराहपोखरी गाउँपालिका–२ सुन्तले र बराहपोखरी गाउँपालिका–४ फाक्टाङको बीचमा पर्ने सुनापातालको जंगलमा घाँस काट्न गएको बेला टेकिएको बम विष्फोट हुँदा शान्तादेवीको खुट्टा चुँडिएको थियो ।

द्वन्द्वकालिन विष्फोटक पदार्थको कारणबाट अंगभंग भएपनि द्वन्द्वपीडितको कार्यविधिभित्र नपरेपछि शान्तादेवी हालसम्म राहतबाट बञ्चित छिन् । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधिमा सशस्त्र द्वन्द्व सुरु भएको २०५२ फागुन १ गतेदेखि शान्ति सम्झौता भएको २०६३ मंसिर ५ गतेसम्मका घाइतेको मात्र अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन सिफारिस गर्ने व्यवस्था भएका कारण शान्तादेवी द्वन्द्वपिडितको परिभाषाभित्र नअटेकी हुन् ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : २१ बजे

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्र नभ्याएपछि

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं– नेपाल कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काठमाडौँ महानगर समितिको अधिवेशन

सेनासँग एमालेको सम्बन्धदेखि कम्युनिस्ट एकतासम्मको कुरा उठाए विष्णु रिजालले

काठमाडौं- नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले नेपाली सेनासँग

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक,

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा असोज १४ गतेदेखि