‘क्यान्सरका बिरामीलाई हेरचाहदेखि उपचारसम्म परिवारको साथ चाहिन्छ’ « Khabarhub

‘क्यान्सरका बिरामीलाई हेरचाहदेखि उपचारसम्म परिवारको साथ चाहिन्छ’


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय क्यान्सरबाट धेरै जनाको ज्यान जाने गरेको छ । क्यान्सर हाम्रो शरीरको जुनसुकै अंगमा पनि हुनसक्छ । विश्वमा सबैभन्दा धेरै पत्ता लगाइएको र धेरै मान्छेहरूले ज्यान गुमाएको क्यान्सरका रूपमा फोक्सोको क्यान्सरलाई लिइन्छ । शरीरमा छातीभित्र दुई वटा फोक्सो हुन्छन् । जसको काम शरीरभित्र हावा तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो । अक्सिजन शरीरभित्र पुर्‍याउने फोक्सो पनि नभई नहुने अङ्ग हो । फोक्सोको क्यान्सर महिला र पुरुष दुवैमा हुने गर्छ । पछिल्लो समय पुरुषमा यो समस्या धेरै देखिने गरेको छ । जब फोक्सोका कोशिकाहरूले असामान्य वृद्धि भएर आफ्नो काममा नै परिवर्तन ल्याउँछन्, त्यसपछि फोक्सोको क्यान्सर हुन्छ । संसारभर फोक्सोको क्यान्सरका कारण वर्षेनि १२ लाख जनाको मृत्यु हुने गरेको छ । फोक्सोको क्यान्सर के हो ? कसरी हुन्छ ? लक्षणहरू के के हुन् ? बच्ने उपायहरू के के छन् ? यसै विषयमा आधारित रहेर खबरहबले क्यान्सर रोग विशेषज्ञ डा. पंकजराज बर्मनसँग गरेको कुराकानीको सम्पादित अंश-

फोक्सोको क्यान्सर के हो ?

फोक्सोको क्यान्सरमा फोक्सो बनाउने कोषहरू अप्राकृतिक रूपमा संख्यात्मक रूपमा बढ्न थाल्छन् । र केही समयमै ऐँजरूजस्तै पलाउन थाल्छ । त्यसपछि फोक्सोले आफ्नो काम गर्न सक्दैन । त्यो क्यान्सर नजिकैका गिर्खामा र अंगहरूमा फैलिन थाल्छ । जब फोक्सोका कोशिकाहरूले असामान्य वृद्धि भएर आफ्नो काममा नै परिवर्तन ल्याउँछन् । त्यसपछि फोक्सोको क्यान्सरको हुन जान्छ । फोक्सोको क्यान्सर प्राथमिक र माध्यमिक गरेर दुई प्रकारमा विभाजन गरिएको हुन्छ । पुरुषमा हुने ‘हेड एन्ड नेक’ क्यान्सरपछि दोस्रो नम्बरमा फोक्सोको क्यान्सर हुने गरेको छ । २० वर्षमुनिका मानिसमा पनि यो क्यान्सर भएको पाइन्छ ।

फोक्सोको क्यान्सर कसरी वा के कारणले हुन्छ ?

फोक्सोको क्यान्सरको मुख्य कारण भनेको नै धूम्रपान सेवन गर्नु हो । यसका साथै अरु सुर्तीजन्य पदार्थको सेवनको कारण पनि क्यान्सर हुन्छ । आजभोलि महिलामा पनि फोक्सोको क्यान्सर धेरै बढेको पाइन्छ । कहिल्यै स्मोकिङ नगरेका महिलामा पनि यो समस्या हुने गरेको पाइन्छ । प्यासिभ स्मोकिङको कारणले स्मोकिङ नगर्ने मान्छेलाई पनि फोक्सोको क्यान्सर हुन्छ । एक जना मान्छेले स्मोकिङ गर्छ, नजिकमा बस्ने मानिसको पनि एक्सपोजर त्यति नै हुन्छ । गाउँमा खाना पकाउन आगोमा बस्ने मानिसमा पनि फोक्सोको क्यान्सर देखिने गर्छ ।

फोक्सोको क्यान्सर हुँदा के कस्ता लक्षणहरू देखा पर्छन् त ?

फोक्सोको क्यान्सर हुँदा सुरुमा लामो समयदेखि सुक्खा खोकी अथवा खकार आउने खालको खोकी लाग्छ, पछि विस्तारै खकारमा रगत वा रगतका छिटा देखिन सक्छ । बिरामीलाई सास फेर्न गाह्रो हुनु र सामान्य काम गर्दा पनि स्वाँ स्वाँ हुनु, अचानक तौल घट्नु, छातीमा केही अप्ठ्यारो भएजस्तो महसुस हुनु, लामो समयदेखि निमोनिया भए निको नहुनु, स्वर भासिनु, घाँटीमा गिर्खा आउनु, असामान्य रुपमा टाउको दुख्नु, लामो समय खोकी लाग्नु, खकारमा रगत देखिनु, छाती दुख्नु, हिँड्दा सास बढ्नु फोक्सोको क्यान्सरका सुरुवाती लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ तुरुन्तै नजिकको अस्पतालमा गएर छातीको एक्स–रे गर्दा धेरै कुरा थाहा पाउन सकिन्छ ।

लक्षण देखिएर पनि उपचार नगर्दाको पछि कस्तो जोखिम निम्तिन्छ ?

फोक्सोको क्यान्सरमा करिब ८० प्रतिशत जति हामीले चौथो स्टेजमै पाएका छौँ । २० प्रतिशत बिरामी मात्र सुरुवाती चरणमा अस्पतालमा आएका छन् । अहिले धेरै स्वास्थ्य जाँचमा फोकस गर्ने भएकाले सुरुवाती चरणमा थाहा पाउन सकिन्छ । छातीको एक्स–रे गर्यो भने ट्युमर छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ । हामी धेरै लामो समयसम्म किमोथेरापीबाहेक पनि धेरै लामो समय ट्रिटमेन्ट गरेर चारदेखि पाँच वर्षसम्म पनि बिरामीलाई बचाउन सकिन्छ ।

फोक्सोको क्यान्सर भएका बिरामीको हेरचाह कसरी गर्ने त ?

जुनैपनि क्यान्सरका बिरामीलाई हेरचाहदेखि उपचारसम्म परिवारको साथ चाहिन्छ । क्यान्सरका बिरामीको लागि धेरै महँगो औषधि पनि चाहिन्छ । टारगेटेट थेरापीको लागि धेरै महँगो औषधि चाहिन्छ । बिरामीको टेस्ट गरेर मेडिसिन दिने कुरामा महँगो हुने भएकाले धेरै परिवारले त ट्रिटमेन्ट गर्न पनि सक्नुहुन्न ।

फोक्सोको क्यान्सर भएका बिरामीले कस्तो खानेकुरा खाने त ?

हाई प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । केमो गरिरहेको बिरामीमा डायबिटिजको समस्या छ कि छैन, त्यो हेरेर डाइट प्लान गर्नुपर्छ । केमो गरेको बिरामीको डाइट एकदमै राम्रोसँग हुनुपर्छ । केमो लगाएको बिरामीमा ह्वाइट ब्लड सेलको कमी हुने भएकाले काँचो फलफूल खान मिल्दैन । यसले इन्फेक्सन गराउँछ । धेरै चिल्लो पिरो खानेकुरा पनि खानु हुँदैन ।

फोक्सोको क्यान्सर नै नहोस् भनेर सुरुमा नै क के कुरामा ध्यान दिने नि ?

यसको लागि सबै जनाले सबैभन्दा पहिले हेल्दी लाइफस्टाइल जिउने कोशिस गर्नुपर्छ । लक्षण देखिनासाथ अस्पताल जानुपर्छ । साथै स्वस्थ र सफा खाना खाने गर्नुपर्छ । समयमा एक्सरसाइज गर्ने धूम्रपान, मद्यपान नगर्ने गरियो भने बच्न सकिन्छ। क्यान्सर लाग्यो भने जतिसक्दो छिटो उपचार गरियो भने निको हुन्छ र बिरामीलाई पनि सहज हुन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : १६ बजे

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा

निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग

जसपा नेपालले सङ्घर्षका कार्यक्रम सुरु गर्दै, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्तिप्रति यो

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला गर्दै

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा)