रास्वापको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई प्रेरणा मिल्यो : सभापति लामिछाने | Khabarhub Khabarhub

रास्वापको भ्रष्टाचार विरोधी अभियानले सरकारलाई प्रेरणा मिल्यो : सभापति लामिछाने


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वापको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बाएका छन् । 

सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम-काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विरुद्ध आवाज उठाएर रास्वपा अगाडि आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताएका हुन् ।

उनले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसँग र बिभिन्न राजनीतिक दलहरूमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गरे । निर्वाचनमा जानु अगाडि रास्वपाले उठाएर मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उनले बताए । लामिछानेले आगामी चुनावसँग धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।

उनले पार्टी राजधानी केन्द्रित नभई गाउँबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  १ : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका