लेबनानको केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिने « Khabarhub

लेबनानको केन्द्रीय बैंकका प्रमुखले राजीनामा दिने


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बेरुत- सङ्कटग्रस्त लेबनानको केन्द्रीय बैंकका प्रमुख रियाद सलामेहले पदबाट राजीनामा दिने भएका छन् ।

लेबनानको गहिरो विभाजित राजनीतिक वर्ग ७३ वर्षीय सलामेहको स्थानमा नयाँ व्यक्ति प्रतिस्थापन गर्न सहमति जुटाउन असफल भएको छ । यसले राजनीतिक सहमति बन्न नसक्दा राष्ट्रपति चयन गर्न असफल मुलुकमा कामचलाउ सरकारद्वारा शासन रहेको गभर्नरको अर्को शक्ति शून्यता सिर्जना भएको छ ।

करिब ३० वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका सलामेह लेबनानी राजनीतिक अभिजात्य वर्गका प्रमुख व्यक्तित्व मानिन्छन् । उनलाई देशको आर्थिक मन्दीका लागि मुख्य रूपमा दोषी ठह¥याइएको छ । पछिल्लो समय मुलुकमा मुद्राको अवमूल्यन हुनुका साथै गरिबीको दर बढेको छ ।

आफ्नो विरासतको बचाउ गर्दै सलामेहले केही दिनअघि एक स्थानीय प्रसारकलाई आफूलाई सङ्कटका लागि ‘बलिको बोका’ बनाइएको बताएका थिए । लेबनानको बाँकी राजनीतिक वर्गले उनलाई ‘धेरै पहिले’ त्यागेको आरोप लगाएका थिए ।

लेबनानको कानुनअनुसार सलामेहको ठाउँमा केन्द्रीय बैंकका पहिलो उप गभर्नर वासिम मन्सुरीले कार्यवाहक गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्ने प्रावधान रहेको छ । तर, यसै महिनाको सुरुमा चारै जना उप गभर्नरले राजीनामा दिने चेतावनी दिएका थिए ।

मन्सुरीले सोमबारपछि पद सम्हाल्ने वा नसम्हाल्ने बारे घोषणा गर्ने अपेक्षा गरिएको थियो ।

भूमध्यसागरको तटमा अवस्थित मुलुक लेबनान विगत चार वर्षदेखि विश्व बैंकले आधुनिक इतिहासकै सबैभन्दा खराब मध्येको एकको संज्ञा दिएको आर्थिक सङ्कटको चपेटामा परेको छ ।

करिब ६० लाख जनसङ्ख्या भएको लेबनानको राजनीतिक परिदृश्य अत्यन्त जटिल छ । यहाँ १८ वटा मुस्लिम र इसाई सम्प्रदायलाई मान्यता दिने प्रावधानअन्तर्गत शक्ति बाँडफाँड गरिएको छ ।

लेबनानमा एक वर्षभन्दा बढी समयदेखि सीमित अधिकारसहितको कामचलाउ सरकारले शासन गर्दै आएको छ र उक्त मुलुक नौ महिनादेखि राष्ट्रपतिविहीन छ ।

भ्रष्टाचार गरी अकुत रूपमा कमाएको सम्पत्ति देश तथा विदेशमा जम्मा गरेको आरोपमा सलामेहले दुई वर्षदेखि न्यायिक अनुसन्धानको सामना गर्नुपरेको छ ।

उनी फ्रान्स र जर्मनीको खोजीको सूचीमा रहेका छन् र अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले पनि उनको गिरफ्तारीका लागि रेड नोटिस जारी गरेको छ । तर लेबनानले आफ्ना नागरिकहरूलाई सुपुर्दगी गर्दैन ।

एक युरोपेली कूटनीतिक स्रोतले एएफपीलाई बताएअनुसार सलामेहविरुद्ध चाँडै नै पेरिसमा मुद्दा चलाइने छ ।

सन् २०२२ को मार्चमा फ्रान्स, जर्मनी र लक्जेम्बर्गले उनको १२ लाख युरो (१३ लाख ५० हजार अमेरिकी डलर) बराबरको सम्पत्ति जफत गरेका थिए ।

गत फेब्रुअरीमा लेबनानमा पनि सलामेहमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लागेको थियो ।

स्विट्जरल्यान्डका सरकारी अभियोजकले सलामेह र उनका भाइले ३० करोड अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग गरेकोमा अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ४ : ०९ बजे

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा